प्रथम दिदीबहिनी कप राष्ट्रिय महिला भलिवल प्रतियोगिता हुने
काठमाडौं, ११ फागुन । पर्वतको कुश्मामा रहेको सामुदायिक रेडियो दिदीबहिनी ९५.२ मेगाहर्जले नवौं पश्मिाञ्चल महिला महोत्सव तथा रेडियोको सातौं वार्षिकोत्सव २०७३ यही फागुन २४ देखि ३० गतेसम्म आयोजना गर्ने भएको छ ।
रिपोर्टस् क्लब नेपालमा पत्रकार सम्मेलन गरेर रेडियो दिदीबहिनीकी अध्यक्ष तथा सांसद कल्पना चापागाईले महोत्सवको मुख्य आकर्षणका रुपमा प्रथम दिदीबहिनी कप राष्ट्रिय महिला भलिवल रहने जानकारी दिईन् ।
उनेल भनिन्,‘महोत्सवको समुद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नुहुनेछ, महिलाहरुको मात्र व्यवस्थापन र सञ्चालनमा रहेको रेडियो दिदीबहिनी नेपालकै नमुना रेडियो हो।’
उनेले अघि थपिन,‘महिलाहरुको सहभागिता र क्षमतालाई सहर्ष स्विकार गर्न हिच्किचाउने पितृसतात्मक समाजमा संघर्षको नयाँ आयाम ल्याउन सफल भएकोमा रेडियो दिदीबहिनी नेपाल सरकारमार्फत राष्ट्रिय पत्रकारिता पुरस्कार २०६९ बाट र कृषि विभाग क्षेत्रीय कृषि निर्देशनालय पोखराबाट कृषि कार्यक्रम उत्पादन एवं प्रशारण कार्यमबाट सम्मानित भएको रेडियो हो, पहिलो पटक नेपाल सरकारले सामुदायिक रेडियोलाई प्रदान गरेको उक्त पुरस्कार प्राप्तगर्नु रेडियो दिदीबहिनीलाई गौरवको कुरा हो भने महिलाहरुको क्षमतालाई विश्वास गर्न आलटाल गर्ने समुदायप्रति यही पुरस्कार तिखो जवाफ बनेको छ, रेडियोलाई प्राप्त हार्दिकता र हौसलाले हामीलाई फेरी हजुरसामु यो महोत्सव आयोजना गर्न प्रेरित गरेको हो ।’
सामुदायिक रेडियो दिदी बहिनी ९५.२ मेगाहर्जले विगत ७ वर्षदेखि गर्दै आइरेकोे बृहत् पश्चिमाञ्चल महिला महोत्सवलाई यस वर्ष पनि निरन्तरता दिँदै ७ दिनसम्म कुश्माको बान्दे्रविडि चौरमा सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।
कला र संस्कृतिको संरक्षण र घरेलु बस्तुको प्रर्बद्धन गर्दै महिलाहरुको १०७ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर नाच्ने गाउँनेमा मात्र सिमित नराखी महिलाहरुको क्षमता अभिवृद्धि तथा समानताको आवाज बुलन्दित गर्न प्रतिस्पर्धा मार्फत चेतना अभिवृद्धि गर्ने उद्देश्य रहेको छ ।
महोत्सबको मुख्य प्रायोजक नेपाल टेलिकम रहेको छ भने अफिसियल मिडिया एभिन्यूज टेलिभिजन रहेको छ । त्यसैगरी महिला भलिबलको प्रथम पुरस्कारको सौजन्य सावित्री अगरबत्ती, दोस्रो पुरस्कार नेपाल सामान ढुवानी (ट्रान्सपोर्ट) व्यवसायी संघ र तेस्रो पुरस्कार पर्वत क्लब हङकङले गरेको छ ।
२०६६ साल फागुन २४ गते १०७ औं अन्तराष्ट्रिय श्रमीक महिला दिवसका अवसरमा स्थापना भएकोे यस रेडियोले स्थापना कालदेखि नै पश्चिमाञ्चल स्तरिय महिला महोत्सवको आयोजना गर्दै आएको छ ।
त्यस्तै नेपाली रेडियो नेटवर्कका अध्यक्ष ऋषि धमलाले रेडियो दिदी बहिनीलाई पूर्ण साथ सहयोग रहने बताए ।
अध्यक्ष धमलाले भने,‘यो महिलाहरूको महोत्सव मात्रै नभएर सबैको साझा महोतसव हो, रेडियो दिदी बहिनीले महिलाका हक अधिकारलाई संस्थागत गर्नको ठूलो भूमिका खेलेको छ, आगमी दिनमा पनि यस्तै प्रगति गर्नेमा म आशावादी छु ।’
उनले अघि थपे,‘रेडियो दिदीबहीनीले आयोजना हुन लागेको महिला महोत्सवलाई सञ्चार माध्यायमहरुले साथ दिनुपर्छ, अर्को तर्फ रेडियो दिदी बहिनीले नेपाली रेडियो नेटर्वकका उत्पादित कार्यक्रमलाई स्थानिय बासिन्दाका बीचमा पुर्याउने काम गरिरहेकोमा पनि कृतज्ञ छु ।’
त्यस्तै कार्यक्रममा चर्चित लोकदोहोरी गायिका राधिका हमालले पनि उक्त कार्यक्रम हुन गईरहेको थाहा पाउँदा आफू निकै खुशी भएको प्रतिक्रिया दिँदै भनिन्,‘यस्तो खाले कार्यक्रले महिलाहरुलाई सशक्तिकरणमा टेवा पुग्छ, यो कार्यक्रमलाई सफल बनाउनको लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ ।’
पुरस्कार राशी
राष्ट्रिय भलिबल प्रतियोगिता पुरस्कार
क्रमशः प्रथम, द्वितीय र तृतीय
१ लाख, ६० हजार र ४० हजार
¥याली तथा झाँकी प्रतियोगिता
क्रमशः प्रथम, द्वितीय र तृतीय
१५ लाख, १० हजार र ७ हजार
रत्यौली, भजन र विद्यालयस्तरीय नृत्य प्रतियोगिता
क्रमशः प्रथम, द्वितीय र तृतीय
१२ हजार, ७ हजार र ४ हजार
बक्तृत्वकला र शैक्षिक प्रर्दशनी प्रतियोगिता
क्रमश : प्रथम, द्वितीय र तृतीय
५ हजार, ३ हजार र २ हजार
Comments
अरु समाचार
-
एसियन गेम्स पुरुष क्रिकेटमा छनोट भयाे नेपाल
काठमाडौँ। नेपाल एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ ।मलेसियामा जारी छनोट खेलमा मङ्गलबार घरेलु टोली मलेसियाले चीनलाई...
-
पीएसजी लगातार दोस्रो पटक च्याम्पियन्स लिग विजेता
काठमाडाैं । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले लगातार दोस्रो पटक यूईएफए च्याम्पियन्स लिगको उपाधि जित्दै युरोपेली फुटबलमा आफ्नो वर्चस्व...
-
रविन्द्र ढाँट ‘रोड टु युएफसी सिजन ५’ को सेमिफाइनलमा
काठमाडौं । नेपाली एमएमए फाइटर रविन्द्र ढाँट युएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेका छन्...
-
आईसीसी विश्वकप लिग–२ : नेपालकाे शानदार जित, अमेरिकालाई १२२ रनले हरायो
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबारको खेलमा नेपालले अमेरिकालाई १२२ रनले हराएको छ । ३१८ रनको लक्ष्य पछ्याएको अमेरिकालाई...
-
आईपीएलः राजस्थानले लखनऊलाई सानदारले हरायो, सुर्यवंशीले बनाए ९३ रन
जयपुर । युवा ब्याट्सम्यान वैभव सूर्यवंशीको विष्फोटक इनिङ्सको मद्दतले राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग ९आईपीएल० मा लखनऊ सुपर जाइन्ट्समाथि ७...
-
आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खला: स्कटल्यान्डलाई हराउँदै नेपाल पाँचौ स्थानमा उक्लियो
काठमाण्डाै – आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलामा नेपालले स्कटल्यान्डलाई ६ विकेटले हराएको छ । स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य नेपालले...
-
आइसिसी क्रिकेट विश्वकप लिग–२ : नेपाल र स्कटल्याण्ड भिड्दै
काठमाडौँ। आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज (सोमबार) नेपाल र स्कटल्याण्डबिच खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
-
नेपालले अमेरिकालाई ९ विकेटले हरायो, कुशल भुर्तेलको शानदार शतक
काठमाण्डाै – आईसीसी विश्वकप क्रिकेट लिग–टू शृङ्खला अन्तर्गत नेपालले अमेरिकालाई ९ विकेटले हराएको छ । आज भएको खेलमा अमेरिकाले दिएको...
-
विश्वकप क्रिकेट लिग–टु मा नेपालले आज अमेरिकासँग खेल्दै
काठमाण्डौ — आईसीसी विश्वकप क्रिकेट लिग–टु शृङ्खला अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट...












