प्रथम दिदीबहिनी कप राष्ट्रिय महिला भलिवल प्रतियोगिता हुने
काठमाडौं, ११ फागुन । पर्वतको कुश्मामा रहेको सामुदायिक रेडियो दिदीबहिनी ९५.२ मेगाहर्जले नवौं पश्मिाञ्चल महिला महोत्सव तथा रेडियोको सातौं वार्षिकोत्सव २०७३ यही फागुन २४ देखि ३० गतेसम्म आयोजना गर्ने भएको छ ।
रिपोर्टस् क्लब नेपालमा पत्रकार सम्मेलन गरेर रेडियो दिदीबहिनीकी अध्यक्ष तथा सांसद कल्पना चापागाईले महोत्सवको मुख्य आकर्षणका रुपमा प्रथम दिदीबहिनी कप राष्ट्रिय महिला भलिवल रहने जानकारी दिईन् ।
उनेल भनिन्,‘महोत्सवको समुद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नुहुनेछ, महिलाहरुको मात्र व्यवस्थापन र सञ्चालनमा रहेको रेडियो दिदीबहिनी नेपालकै नमुना रेडियो हो।’
उनेले अघि थपिन,‘महिलाहरुको सहभागिता र क्षमतालाई सहर्ष स्विकार गर्न हिच्किचाउने पितृसतात्मक समाजमा संघर्षको नयाँ आयाम ल्याउन सफल भएकोमा रेडियो दिदीबहिनी नेपाल सरकारमार्फत राष्ट्रिय पत्रकारिता पुरस्कार २०६९ बाट र कृषि विभाग क्षेत्रीय कृषि निर्देशनालय पोखराबाट कृषि कार्यक्रम उत्पादन एवं प्रशारण कार्यमबाट सम्मानित भएको रेडियो हो, पहिलो पटक नेपाल सरकारले सामुदायिक रेडियोलाई प्रदान गरेको उक्त पुरस्कार प्राप्तगर्नु रेडियो दिदीबहिनीलाई गौरवको कुरा हो भने महिलाहरुको क्षमतालाई विश्वास गर्न आलटाल गर्ने समुदायप्रति यही पुरस्कार तिखो जवाफ बनेको छ, रेडियोलाई प्राप्त हार्दिकता र हौसलाले हामीलाई फेरी हजुरसामु यो महोत्सव आयोजना गर्न प्रेरित गरेको हो ।’
सामुदायिक रेडियो दिदी बहिनी ९५.२ मेगाहर्जले विगत ७ वर्षदेखि गर्दै आइरेकोे बृहत् पश्चिमाञ्चल महिला महोत्सवलाई यस वर्ष पनि निरन्तरता दिँदै ७ दिनसम्म कुश्माको बान्दे्रविडि चौरमा सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।
कला र संस्कृतिको संरक्षण र घरेलु बस्तुको प्रर्बद्धन गर्दै महिलाहरुको १०७ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर नाच्ने गाउँनेमा मात्र सिमित नराखी महिलाहरुको क्षमता अभिवृद्धि तथा समानताको आवाज बुलन्दित गर्न प्रतिस्पर्धा मार्फत चेतना अभिवृद्धि गर्ने उद्देश्य रहेको छ ।
महोत्सबको मुख्य प्रायोजक नेपाल टेलिकम रहेको छ भने अफिसियल मिडिया एभिन्यूज टेलिभिजन रहेको छ । त्यसैगरी महिला भलिबलको प्रथम पुरस्कारको सौजन्य सावित्री अगरबत्ती, दोस्रो पुरस्कार नेपाल सामान ढुवानी (ट्रान्सपोर्ट) व्यवसायी संघ र तेस्रो पुरस्कार पर्वत क्लब हङकङले गरेको छ ।
२०६६ साल फागुन २४ गते १०७ औं अन्तराष्ट्रिय श्रमीक महिला दिवसका अवसरमा स्थापना भएकोे यस रेडियोले स्थापना कालदेखि नै पश्चिमाञ्चल स्तरिय महिला महोत्सवको आयोजना गर्दै आएको छ ।
त्यस्तै नेपाली रेडियो नेटवर्कका अध्यक्ष ऋषि धमलाले रेडियो दिदी बहिनीलाई पूर्ण साथ सहयोग रहने बताए ।
अध्यक्ष धमलाले भने,‘यो महिलाहरूको महोत्सव मात्रै नभएर सबैको साझा महोतसव हो, रेडियो दिदी बहिनीले महिलाका हक अधिकारलाई संस्थागत गर्नको ठूलो भूमिका खेलेको छ, आगमी दिनमा पनि यस्तै प्रगति गर्नेमा म आशावादी छु ।’
उनले अघि थपे,‘रेडियो दिदीबहीनीले आयोजना हुन लागेको महिला महोत्सवलाई सञ्चार माध्यायमहरुले साथ दिनुपर्छ, अर्को तर्फ रेडियो दिदी बहिनीले नेपाली रेडियो नेटर्वकका उत्पादित कार्यक्रमलाई स्थानिय बासिन्दाका बीचमा पुर्याउने काम गरिरहेकोमा पनि कृतज्ञ छु ।’
त्यस्तै कार्यक्रममा चर्चित लोकदोहोरी गायिका राधिका हमालले पनि उक्त कार्यक्रम हुन गईरहेको थाहा पाउँदा आफू निकै खुशी भएको प्रतिक्रिया दिँदै भनिन्,‘यस्तो खाले कार्यक्रले महिलाहरुलाई सशक्तिकरणमा टेवा पुग्छ, यो कार्यक्रमलाई सफल बनाउनको लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ ।’
पुरस्कार राशी
राष्ट्रिय भलिबल प्रतियोगिता पुरस्कार
क्रमशः प्रथम, द्वितीय र तृतीय
१ लाख, ६० हजार र ४० हजार
¥याली तथा झाँकी प्रतियोगिता
क्रमशः प्रथम, द्वितीय र तृतीय
१५ लाख, १० हजार र ७ हजार
रत्यौली, भजन र विद्यालयस्तरीय नृत्य प्रतियोगिता
क्रमशः प्रथम, द्वितीय र तृतीय
१२ हजार, ७ हजार र ४ हजार
बक्तृत्वकला र शैक्षिक प्रर्दशनी प्रतियोगिता
क्रमश : प्रथम, द्वितीय र तृतीय
५ हजार, ३ हजार र २ हजार
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












