लोककवि अली मियाँ स्मृति फुटबल प्रतियोगिता हुने
पोखरा । लोक कवि अली मियाँको योगदानलाई जीवन्त राख्ने उद्देश्यका साथ मुस्लिम युवा क्लबको आयोजनामा आगामी चैत १३ गतेदेखि १९ गतेसम्म पोखरामा लोककवि अली मियाँ स्मृति ‘सेभन ए साइड’ कप फुटबल प्रतियोगिता हुने भएको छ ।
प्रतियोगिताबारे जानकारी गराउन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक एवम् मुस्लिम युवा क्लबका अध्यक्ष अफजल हसेन मियाँले नेपाली लोक साहित्य र संस्कृतिलाई सम्बद्र्धन गर्न लोककवि अलि मियाँले अतुलनीय योगदान गर्नुभएको बताउँदै उहाँको स्मृतिमा फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।
प्रतियोगितामा लगभग ४५ टिम सहभागी हुने बताइको छ । प्रथम र द्वितीय हुने टिमलाई क्रमशः एक लाख २५ हजार र ७० हजार रुपैयाँ नगदसहित शिल्ड, पदक र प्रमाणपत्र प्रदान गरिने जानकारी दिनुभयो ।
अली मियाँ लोकवाङमय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँले नेपाली लोक साहित्यमा आफ्नोे जीवन समर्पण गर्नुभएका लोक कविको स्मृतिमा राखिएको फुटबल प्रतियोगिताले उहाँका योगदानलाई बचाइ राख्ने विश्वास व्यक्त गर्नुभयो ।
‘फेरि उठ्ने छ नेपालको दोस्रो संस्करण पोखरामा’
त्यसैगरी नेपथ्य ब्यान्डको ‘फेरि उठ्नेछ नेपालको दोस्रो संस्करण’ आगामी चैत २६ गते पोखरामा प्रस्तुत गरिने भएको छ ।
कास्कीका ल्वाङ्घलेलस्थित गौरीशङ्कर मनिलाल उच्च मावि र सल्यान बासखर्कस्थित भूमेश्वर प्राविको सहयोगार्थ हुने उक्त प्रस्तुतिमा १० हजार दर्शक सहभागी हुने आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा आयोजक किरण गुरुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपथ्य ब्यान्डले सन् २०१६ मा काठमाडाँैमा १० हजारभन्दा बढी दर्शकको सहभागितामा फेरि उठ्नेछ नेपालको प्रथम संस्करण सम्पन्न गरेकामा दोस्रो संस्करण पोखरामा गर्न लागेको हो ।
कार्यक्रमबाट लगभग २० लाख रुपैयाँ बचत गरी दुई विद्यालयको सहयोगार्थ प्रदान गर्ने लक्ष्य राखिएको गुरुङले जानकारी दिनुभयो । रासस
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












