लोककवि अली मियाँ स्मृति फुटबल प्रतियोगिता हुने
पोखरा । लोक कवि अली मियाँको योगदानलाई जीवन्त राख्ने उद्देश्यका साथ मुस्लिम युवा क्लबको आयोजनामा आगामी चैत १३ गतेदेखि १९ गतेसम्म पोखरामा लोककवि अली मियाँ स्मृति ‘सेभन ए साइड’ कप फुटबल प्रतियोगिता हुने भएको छ ।
प्रतियोगिताबारे जानकारी गराउन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक एवम् मुस्लिम युवा क्लबका अध्यक्ष अफजल हसेन मियाँले नेपाली लोक साहित्य र संस्कृतिलाई सम्बद्र्धन गर्न लोककवि अलि मियाँले अतुलनीय योगदान गर्नुभएको बताउँदै उहाँको स्मृतिमा फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।
प्रतियोगितामा लगभग ४५ टिम सहभागी हुने बताइको छ । प्रथम र द्वितीय हुने टिमलाई क्रमशः एक लाख २५ हजार र ७० हजार रुपैयाँ नगदसहित शिल्ड, पदक र प्रमाणपत्र प्रदान गरिने जानकारी दिनुभयो ।
अली मियाँ लोकवाङमय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँले नेपाली लोक साहित्यमा आफ्नोे जीवन समर्पण गर्नुभएका लोक कविको स्मृतिमा राखिएको फुटबल प्रतियोगिताले उहाँका योगदानलाई बचाइ राख्ने विश्वास व्यक्त गर्नुभयो ।
‘फेरि उठ्ने छ नेपालको दोस्रो संस्करण पोखरामा’
त्यसैगरी नेपथ्य ब्यान्डको ‘फेरि उठ्नेछ नेपालको दोस्रो संस्करण’ आगामी चैत २६ गते पोखरामा प्रस्तुत गरिने भएको छ ।
कास्कीका ल्वाङ्घलेलस्थित गौरीशङ्कर मनिलाल उच्च मावि र सल्यान बासखर्कस्थित भूमेश्वर प्राविको सहयोगार्थ हुने उक्त प्रस्तुतिमा १० हजार दर्शक सहभागी हुने आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा आयोजक किरण गुरुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपथ्य ब्यान्डले सन् २०१६ मा काठमाडाँैमा १० हजारभन्दा बढी दर्शकको सहभागितामा फेरि उठ्नेछ नेपालको प्रथम संस्करण सम्पन्न गरेकामा दोस्रो संस्करण पोखरामा गर्न लागेको हो ।
कार्यक्रमबाट लगभग २० लाख रुपैयाँ बचत गरी दुई विद्यालयको सहयोगार्थ प्रदान गर्ने लक्ष्य राखिएको गुरुङले जानकारी दिनुभयो । रासस
Comments
अरु समाचार
-
बुढासुब्बा गोल्डकपः जागृति क्लबलाई हराउँदै आरटीसी सेमिफाइनलमा
काठमाडौं । राष्ट्रिय जागृति क्लब इटहरीलाई हराउँदै भुटानको आरटीसी फुटबल क्लब २५औं संस्करणको बुढासुब्बा गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ ।...
-
टी–२० शृङ्खलामा थाइल्यान्डसँग नेदरल्यान्ड्स पराजित,भोलि नेपाल र थाइल्यान्ड खेल्ने
काठमाडौं । राजधानीमा जारी महिला टी–२० शृङ्खलामा थाइल्यान्डले नेदरल्यान्ड्सलाई १७ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको...
-
यू-१९ महिला टी-२० विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’मा परिन् पुजा
काठमाडौं । यु–१९ विश्वकपको टीम अफ द टुर्नामेन्टमा नेपालकी कप्तान पूजा महतो परेकी छन् । आईसीसीले मलेसियामा आइतबार सकिएको यू–१९...
-
टी-२० श्रृंखलामा नेपालको लगातार तेस्रो हार, सिरिजबाट बाहिरियो
काठमाडौं । काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी२०आई श्रृंखलामा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । नेपाल...
-
नेपालविरुद्ध नेदरल्याण्ड्स ब्याटिङमा
काठमाडौं । त्रिकोणात्मक अन्तर्राष्ट्रिय महिला टी–ट्वान्टी सिरिजअन्तर्गत आजको खेलमा नेदरल्याण्ड्सले टस जितेर ब्याटिङ रोजेको छ। यसअघि सिरिजअन्तर्गत पहिलो खेलमा नेपाललाई...
-
त्रिदेशीय महिला टी–२० क्रिकेट: आज नेपाल र नेदरल्यान्ड्स मैदानमा
काठमाण्डौ । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा...
-
त्रिदेशीय महिला टी–२० शृङ्खलामा नेपालकाे लगातार दाेस्राे हार
काठमाण्डाै । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपाल थाइल्यान्डसँग ४ विकेटले पराजित भएको छ । नेपालले दिएको १ सय...
-
त्रिदेशीय महिला टी–२० क्रिकेट: आज नेदरल्यान्ड्स र थाइल्याण्ड खेल्दै
काठमाण्डौ – त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज नेदरल्यान्ड्स र थाइल्याण्ड खेल्दैछन् । खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा दिउँसो...
-
महिला त्रिकोणात्मक टी–२० सिरिज: पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित
काठमाडौं । काठमाडौंको किर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा जारी महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २० रनले...