म्याड्रिड पुन: शीर्षस्थानमा
एजेन्सी । अल्भारो मोराटाको ह्याट्रिक गोलका कारण रियल म्याड्रिडले रेलिगेशन जोनमा रहेको लेगानेसलाई नेपाली समयअनुसार बिहिबार बिहान सम्पन्न खेलमा ४–२ गोलले पराजित गरेको छ। क्रिस्टियानो रोनाल्डो, गारेथ बेल र टोनी क्रुजजस्ता प्रभावशाली खेलाडीलाई विश्राम दिइएको यस खेलमा १८, २३ र ४८ मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए।
यो नतिजापछि रियल म्याड्रिड केही समय अगाडि स्पेनिस लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनालाई पुनः उछिन्दै शीर्ष स्थानमा उक्लिएको छ। म्याड्रिडको खेलभन्दा अगाडि बार्सिलोनाले सेभियालाई ३–० ले पराजित गर्दै केही समयका लागि शीर्ष स्थान ओगटेको थियो। म्याड्रिड २९ खेलमा ७१ अंकका साथ शीर्षस्थानमा छ। म्याड्रिडभन्दा एक खेल बढि खेलेको बार्सिलोनाको ६९ अंक छ।
म्याड्रिडलाई १५ मिनेटसम्म घरेलु मैदानमा रोकेको लेगानेसले त्यसको ८ मिनेटपछि नै दनादन ३ गोल खाएको थियो। पहिलो गोल जेम्स रोड्रिगेजले १५ मिनेटमा गरेका थिए। लगत्तै मोराटाले ५ मिनेटभित्र दुई गोल थपे।
बीचमा केही नाटकीय देखिएको यस खेलमा ३२ र ३४ मिनेटमा लेगानेसले २ गोल फर्काउदै म्याड्रिडलाई दबाबमा राख्न खोजेको थियो। गाब्रियल पिरेस र लुसियानोले गोल फर्काएपछि पहिलो हाफको खेल ३–२ को अवस्थामा टुँगिएको थियो। तर, दोस्रो हाफको खेल सुरु भएको ४ मिनेटमा रोड्रिगेजले हानेको फ्रिकिकमा मोराटाले उत्कृष्ट हेडिङ गरेका थिए। जुन बल लेगानेसका कप्तान मार्टिन मान्टोभानीको हातमा लाग्दै गोलमा परिणत भएको थियो।
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...












