म्याड्रिड पुन: शीर्षस्थानमा
एजेन्सी । अल्भारो मोराटाको ह्याट्रिक गोलका कारण रियल म्याड्रिडले रेलिगेशन जोनमा रहेको लेगानेसलाई नेपाली समयअनुसार बिहिबार बिहान सम्पन्न खेलमा ४–२ गोलले पराजित गरेको छ। क्रिस्टियानो रोनाल्डो, गारेथ बेल र टोनी क्रुजजस्ता प्रभावशाली खेलाडीलाई विश्राम दिइएको यस खेलमा १८, २३ र ४८ मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए।
यो नतिजापछि रियल म्याड्रिड केही समय अगाडि स्पेनिस लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनालाई पुनः उछिन्दै शीर्ष स्थानमा उक्लिएको छ। म्याड्रिडको खेलभन्दा अगाडि बार्सिलोनाले सेभियालाई ३–० ले पराजित गर्दै केही समयका लागि शीर्ष स्थान ओगटेको थियो। म्याड्रिड २९ खेलमा ७१ अंकका साथ शीर्षस्थानमा छ। म्याड्रिडभन्दा एक खेल बढि खेलेको बार्सिलोनाको ६९ अंक छ।
म्याड्रिडलाई १५ मिनेटसम्म घरेलु मैदानमा रोकेको लेगानेसले त्यसको ८ मिनेटपछि नै दनादन ३ गोल खाएको थियो। पहिलो गोल जेम्स रोड्रिगेजले १५ मिनेटमा गरेका थिए। लगत्तै मोराटाले ५ मिनेटभित्र दुई गोल थपे।
बीचमा केही नाटकीय देखिएको यस खेलमा ३२ र ३४ मिनेटमा लेगानेसले २ गोल फर्काउदै म्याड्रिडलाई दबाबमा राख्न खोजेको थियो। गाब्रियल पिरेस र लुसियानोले गोल फर्काएपछि पहिलो हाफको खेल ३–२ को अवस्थामा टुँगिएको थियो। तर, दोस्रो हाफको खेल सुरु भएको ४ मिनेटमा रोड्रिगेजले हानेको फ्रिकिकमा मोराटाले उत्कृष्ट हेडिङ गरेका थिए। जुन बल लेगानेसका कप्तान मार्टिन मान्टोभानीको हातमा लाग्दै गोलमा परिणत भएको थियो।
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












