खानेपानी आयोजना निर्माण
म्याग्दी (बाबियाचौर), २३ वैशाख । म्याग्दीको तिनवटा ग्रामीण बस्तीमा एकै साथ खानेपानी आयोजना निर्माण भएको छ। जिल्ला समन्वय समिति अन्तर्गत सञ्चालित दोस्रो चरणको पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनामार्फत निर्माण भएको आयोजनाबाट एक सय भन्दा बढी घरपरिवार लाभान्वित भएका छन् ।
अन्नपूर्ण गाउँपालिका– ६ घारमा बिरौटा, मङ्गला– २ तल्लो हिदीमा पात्लेपानी र मालिका– ४ ओखरबोटमा खालखोला खानेपानी तथा सरसफाइ आयोजना निर्माण भएको परियोजनाले जनाएको छ ।
एक करोड १६ लाख ७५ हजार १४५ रुपैयाँको लागतमा निर्माण भएको तिनवटा आयोजनाबाट एक सय १९ घरधुरीका सात सय ७३ जनसङ्ख्या लाभान्वित भएका परियोजनाका सल्लाहकार थरेन्द्र पौडेलले जानकारी दिनुभयो ।
यसै महिना सञ्चालनमा आएका तिनवटै आयोजनामार्फत प्रभावित क्षेत्रका सबै उपभोक्ताको घरमा निजी धारा जडान भएको छ । परियोजना, जिल्ला समन्वय समिति र गाउँपालिकाको अनुदान सहयोगमा उपभोक्ताले श्रमदान गरेर आयोजना निर्माण गरेका हुन् ।
उपभोक्ताले कुल लागतको ३५ प्रतिशत श्रमदान गरेका छन् । सार्वजनिक धारा र असुरक्षित मुहानको पानी खानेपानी उपभोग गर्दै आएका सर्वसाधारणको घरमै धारा जडान भएपछि समयको बचतसँगै दैनिकी सहज भएको बिरौटा खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष ठाकुर बरुवालले बताउनुभयो ।
उहाँकाअनुसार पानीको मितव्ययी प्रयोग र आयोजनाको दिगो सञ्चालनका लागि मिटर जडान तथा मासिक न्युनतम शुल्क निर्धारण गरिएको छ । परियोजनामार्फत म्याग्दीमा थप चारवटा खानेपानी आयोजना निर्माणाधिन छन् । रासस
Comments
अरु समाचार
-
आज देशभर बादल लाग्ने, मध्यम वर्षा/हिमपातको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको प्रभाव रहेको छ । हाल मधेश, बागमती, गण्डकी, लुम्बिनी,...
-
आज ईद उल फित्र पर्व मनाइँदै, राष्ट्रपति पौडेलले दिए शुभकामना
काठमाडौं । अरबी पात्रो हिजरी संवतअनुसार नवौँ महिनामा निराहार व्रत गरेका देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद...
-
कांग्रेस सभापति थापाको राजीनामाबारे औपचारिक निर्णय आइतबार गरिने
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (चैत ६)लाई स्थगित भएको छ । पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार, २५...
-
प्रतिकुल मौसमका कारण उडान प्रभावित, धेरै विमान गन्तव्यमा अवतरण नगरी डाइभर्ट
काठमाडौँ । देशका विभिन्न भागमा विकसित प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट शुक्रबार आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू व्यापक रूपमा प्रभावित...
-
आज कांग्रेस केन्द्रीय समिति बैठक, स्वीकृत होला सभापति थापाको राजीनामा ?
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो १ बजे पार्टी...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
अस्पतालजन्य हानिकारक फोहर व्यवस्थापन गर्न दुई करोड अनुदान
काठमाडौं । काठमाडौं महानगरपालिकाले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा हानिकारक अस्पतालजन्य फोहर व्यवस्थापन प्लान्ट स्थापना गर्न रु दुई करोड अनुदान...
-
दिउँसोदेखि केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना: मौसम विभाग
काठमाडौं । शुक्रबार दिउँसोदेखि शनिबार बिहानसम्म मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ । लुम्बिनी र कोशी प्रदेशका जिल्लाहरुमा...
-
शेयर बजारमा देखियो उछाल, झण्डै ६५ अंकले बढ्दा २१ अर्ब २२ करोडको शेयर किनबेच
काठमाडौं । शेयर बजारमा उछाल देखिएको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से ६४ दशमलव ६९ अंकले बढेर...













