सामाजिक सुरक्षा भत्ता नपाउँदा वृद्धवृद्धा दुखी
गुलरिया (बर्दिया), २४ वैशाख । सामाजिक सुरक्षा भत्ताबापतको रकम ३ महिना बितिसक्दा पनि नपाएका कारण वृद्धवृद्धाले गुनासो गर्न थालेका छन् ।
बर्दियाको ठाकुरबाबा नगरपालिकाका–१ देखि ५ नं वडाका वृद्धवृद्धाले अझै पनि सुरक्षा भत्ता पाउन सकेका छैनन । सरकारले स्थानीय तहको पुनःसंरचना गरेको महिना बितिसक्दा पनि जिल्ला समन्वय समितिले नगरपालिका कार्यालयको खातामा रकम उपलब्ध नगराएका कारण सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित बनेका हुन् ।
सामाजिक सुरक्षा कार्यविधि २०७३ अनुसार गत फागुन मसान्तभित्र बाँड्नुपर्ने रकम तत्कालीन जिल्ला विकास समितिले समयमै खातामा रकम उपलब्ध नगराएका कारण र खाता बन्द भएकाले भत्ता वितरण गर्न ढिला भएको ठाकुरबाबा नगरपालिकाका निमित्त कार्यकारी अधिकृत सुरेश सुनारले बताउनुभयो ।
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सबैको बैंक खातामा रकम जम्मा भएको सूचना एक हप्ताभित्रमा दिइने नगरपालिकाका निमित्त कार्यकारी अधिकृत सुनारले जानकारी दिनुभयो । रासस
Comments
अरु समाचार
-
आज देशभर बादल लाग्ने, मध्यम वर्षा/हिमपातको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको प्रभाव रहेको छ । हाल मधेश, बागमती, गण्डकी, लुम्बिनी,...
-
आज ईद उल फित्र पर्व मनाइँदै, राष्ट्रपति पौडेलले दिए शुभकामना
काठमाडौं । अरबी पात्रो हिजरी संवतअनुसार नवौँ महिनामा निराहार व्रत गरेका देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद...
-
कांग्रेस सभापति थापाको राजीनामाबारे औपचारिक निर्णय आइतबार गरिने
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (चैत ६)लाई स्थगित भएको छ । पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार, २५...
-
प्रतिकुल मौसमका कारण उडान प्रभावित, धेरै विमान गन्तव्यमा अवतरण नगरी डाइभर्ट
काठमाडौँ । देशका विभिन्न भागमा विकसित प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट शुक्रबार आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू व्यापक रूपमा प्रभावित...
-
आज कांग्रेस केन्द्रीय समिति बैठक, स्वीकृत होला सभापति थापाको राजीनामा ?
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो १ बजे पार्टी...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
अस्पतालजन्य हानिकारक फोहर व्यवस्थापन गर्न दुई करोड अनुदान
काठमाडौं । काठमाडौं महानगरपालिकाले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा हानिकारक अस्पतालजन्य फोहर व्यवस्थापन प्लान्ट स्थापना गर्न रु दुई करोड अनुदान...
-
दिउँसोदेखि केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना: मौसम विभाग
काठमाडौं । शुक्रबार दिउँसोदेखि शनिबार बिहानसम्म मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ । लुम्बिनी र कोशी प्रदेशका जिल्लाहरुमा...
-
शेयर बजारमा देखियो उछाल, झण्डै ६५ अंकले बढ्दा २१ अर्ब २२ करोडको शेयर किनबेच
काठमाडौं । शेयर बजारमा उछाल देखिएको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से ६४ दशमलव ६९ अंकले बढेर...













