निर्वाचनको समयमा निकुञ्जमा उच्च सुरक्षा सतर्कता
चितवन, २८ बैशाख । चितवन राष्ट्रिय निकुञ्जमा स्थानीय तह निर्वाचनको समयलाई मध्यनजर गरी चोरी शिकारीका घटनाहरु हुन नदिन थप सुरक्षा सतर्कता अपनाईएको छ । गैंडा लगायतका वन्यजन्तुको तस्करी बढ्न सक्ने आशंकाले सेनाको विशेष टोलीले सुरक्षा सतर्कता अपनाएको हो ।
निर्वाचनको समयमा सुरक्षा खतरा बढ्ने र अघिल्लो महिना मात्रै गैंडाको मृत्यु भएको कारणले गर्दा निकुञ्जमा सुरक्षा सतर्कता थप मजबुत बनाईएको छ । अनाधिकृत रुपमा जंगल प्रवेशमा कडाई, व्यापक पैदल गस्ती, मोबाइल गस्ती र विभिन्न स्थानहरुमा चेकिङ पोईन्टहरु खडा गरी शंकास्पद व्यक्तिहलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने काम गरिएको निकुञ्जका सुचना अधिकारी नरेन्द्र अर्यालले जानकारी दिए ।
निर्वाचनको समयमा चोरी सिकारीहरुले मौका नपाउन भनेर स्थानीय समुदायसँग मिलेर संयुक्त गस्ती सुरु गरिएको नेपाली सेनाले जनाएको छ । समुदायमा आधारित चोरी सिकारी नियन्त्रण युवा जागरण अभियानका सदस्यहरुलाई पनि थप सक्रिय बनाईएको छ ।
नेपाली सेनाले प्रयोग गरिरहेको रियल टाईम पेट्रोल मोनिटरिङ सिस्टम भन्ने सफ्टवेयरका कारण सुरक्षा व्यवस्था मजबुत हुँदै गईरहेको छ । यो प्रविधि भनेको यस्तो ट्रयाकिङ पद्दति हो, जसबाट कुन सुरक्षा टिम कहाँ छ भन्ने कुरा निकुञ्ज प्रशासन र सेनाको अपरेशन रुमबाट लाईभ हेर्न सकिन्छ ।
यसैका कारण कुनैपनि फौजले डिउटीमा नगईकन डिउटी गरेको थिएँ भनेर झुटो बोल्न सक्दैन । सेनाले बनाएको यो सफ्टवेयरको मद्दतले समेत वन्यजन्तुको संरक्षणमा सफलता मिलिरहेको सुरक्षा अधिकारीहरु बताउँछन् ।
Comments
अरु समाचार
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...












