आफ्नै २ वर्षकी भतिज हत्या गरेको आरोपमा काका पक्राउ
सिरहा, २८ बैशाख । आफ्नै भतिजको हत्या गरेको आरोपमा काका पक्राउ परेका छन् । मिर्चैया प्रहरीले सिरहाको नरहा ३ खोरियाका भरोसी यादवका दुई वर्षिय छोरा रमनको हत्या गरेको आरोपमा भरोसीका माइला भाई २८ बर्षीय सुरेश यादबलाई पक्राउ गरेको हो ।
गत बुधबार बेलुका घरबाटै बेपत्ता भएका बालकको हत्यापछि खाल्डो खनेर गाडिएको अवस्थामा शुक्रबार साँझ शब फेला परेको इलाका प्रहरी कार्यलयका प्रहरी नायब उपरिक्षक गजुसिद्धि बज्राचार्यले जानकारी दिए । पक्राउ परेका सुरेशले आफुले भतिज रमनको हत्या गरेको स्वीकार गरेको प्रहरीको भनाई छ ।
पक्राउ सुरेशमाथि कर्तव्य ज्यानमुद्धा चलाइएको छ ।बालक हराएपछि अचेत अवस्थामा रहेकी बालककी आमा २८ वर्षिय निराकुमारीको अहिलेसम्म होस खुलेको छैन भने पुरै गाउँ शोकमग्न भएको छ । यता, सुरेश मानसिक रोगी रहेको उनको परिवारले जनाएको छ ।
Comments
अरु समाचार
-
इरानविरुद्ध जारी सैन्य अभियान कम गर्ने सोचमा ट्रम्प, युद्ध रोकिने संकेत हो ?
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य अभियान बिस्तारै कम गर्ने विषयमा विचार भइरहेको बताएका छन् । पश्चिम...
-
अमेरिकी डलरको भाउ १५० नाघ्यो, अरू कुन मुद्राको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार (चैत ७)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार, अमेरिकी...
-
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांगे्रसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।...
-
आज देशभर बादल लाग्ने, मध्यम वर्षा/हिमपातको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको प्रभाव रहेको छ । हाल मधेश, बागमती, गण्डकी, लुम्बिनी,...
-
आज ईद उल फित्र पर्व मनाइँदै, राष्ट्रपति पौडेलले दिए शुभकामना
काठमाडौं । अरबी पात्रो हिजरी संवतअनुसार नवौँ महिनामा निराहार व्रत गरेका देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद...
-
कांग्रेस सभापति थापाको राजीनामाबारे औपचारिक निर्णय आइतबार गरिने
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (चैत ६)लाई स्थगित भएको छ । पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार, २५...
-
प्रतिकुल मौसमका कारण उडान प्रभावित, धेरै विमान गन्तव्यमा अवतरण नगरी डाइभर्ट
काठमाडौँ । देशका विभिन्न भागमा विकसित प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट शुक्रबार आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू व्यापक रूपमा प्रभावित...
-
आज कांग्रेस केन्द्रीय समिति बैठक, स्वीकृत होला सभापति थापाको राजीनामा ?
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो १ बजे पार्टी...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...












