निर्वाचन अवधिभर रक्सी खान, बिक्रिवितरण तथा ओसारपोसार गर्न नपाइने

जुम्ला, २९ बैशाख । जुम्लामा निर्वाचन अवधिभर रक्सी खान नपाईने भएको छ । सर्वदलीय सर्वपक्षीय बैठकले निर्वाचन अवधिभर रक्सी पूर्णरुपमा रोक्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाको अध्यक्षतामा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले निर्वाचन अवधिमा राजनीतिक दल, प्रशासन, पत्रकारहरु र नागरिक समाजले आआफ्नो स्तरबाट रक्सी सेवन र बिक्री वितरण रोक्नका लागि सहयोग गर्ने र निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र स्वतन्त्र ढंगले अघि बढाउने बिषयमा निर्णय भएको छ ।
छलफलमा निर्वाचनमा मतदाता शिक्षा प्रभाकारी नभएको भन्ने विषयमा व्यापक गुनासो आएपछि प्रमुख जिल्ला अधिकारी सापकोटाले छोटो समय भएकोले कठिनाई भएको र मतदाता शिक्षा कार्यकर्ताहरुलाई सम्पर्क गर्न निर्देशन समेत दिएका छन् ।
यसैगरी निर्वाचनमा सूचना सहज रुपमा कसरी लिने भन्ने विषयमा समेत छलफल भएको थियो । पत्रकारहरुले जिल्लामा टेलिफोन समस्याका कारण समाचार संकलन कठिनाई हुने भएकाले एकीकृत सूचना डेक्स र सूचना अधिकारी राख्नुपर्ने माग गरेका थिए । यसैगरी प्रमुख जिल्ला अधिकारी सापकोटाले पाउनुपर्ने र उपलब्ध भएको सूचना सजिलै उपलब्ध गराउने विषयमा समन्वय गरि सजिलो बनाउने बताए ।
Comments
अरु समाचार
-
अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा
बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणका लागि बुधबार साँझ बेइजिङ आइपुग्नुभएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा...
-
प्रतिनिधिसभाको बैठक : प्रधानमन्त्री बालेनले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने
काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। आजको बैठक मुख्यत: सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँडसहित जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी
काठमाडौँ । जलस्रोत व्यवस्थापनलाई सङ्घीय संरचनाअनुरुप व्यवस्थित गर्न सरकारले जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी तीव्र बनाएको छ । ऊर्जा,...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
विश्वकप लिग-२ : स्कटल्यान्डसँग नेपाल २ रनले भयो पराजित
काठमाण्डाै ।आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग डीएलएस नियमका आधारमा २ रनले पराजित भएको छ । वर्षाका...
-
सेना र रास्वपा नेतृत्वकाे सरकारमाथि एमाले संसदीय दलका नेता बादलले गरे ८ प्रश्न
काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले संसद्को बैठकमा नेपाली सेना र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सरकारको नीति...
-
आकर्षण म्यानपावरमा तनाव: मलेसिया रोजगारीमा अनियमितताको आरोप, आवेदक आक्रोशित
काठमाडौं । आकर्षण म्यानपावरमार्फत वैदेशिक रोजगारीका लागि मलेसियाको जाबेल कम्पनीमा “फ्री भिसा, फ्री टिकट” भन्दै कामदार छनोट प्रक्रियामा अनियमितता भएको...
-
धादिङमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ यात्रु घाइते
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ बैरेनीमा तीन वटा सवारी साधन एकैठाउँ ठोक्किँदा ३७ जना घाइते भएका छन् ।...












