नोबेल अस्पतालद्धारा २० किलोको ट्युमर भएका व्यक्तिको सफल शल्यक्रिया
पथरी (मोरङ), ३० वैशाख । विराटनगरमा रहेको नोबेल अस्पतालले २० किलोको ट्युमर भएको व्यक्तिको सफल शल्यक्रिया गरेको छ ।अस्पतालले सुनसरीको दुहवी–१ का मोहम्मद इस्ताकको कानको पछाडिको भागमा रहेको ट्युमरको सफल शल्यक्रिया गरिएको छ ।
अस्पतालका वरिष्ठ न्युरोसर्जन डा. आइप चेरियन नेतृत्वको टोलीले इस्ताकको ट्युमरको सफल शल्यक्रिया गरेको र यस्तो शल्यक्रिया कमैको हुने गरेको शुक्रबार जानकारी दिनुभयो । उहाँले यस्ता शल्यक्रिया गर्नका लागि धेरै मेहनत गर्नुपर्ने भएकाले पनि यो शल्यक्रिया जटिल प्रकृतिको रहेको उल्लेख गर्नुभयो ।
यस्ताखालका ट्युमरले हड्डीमा असर गर्ने तथा नसा धेरै हुने र त्यसलाई व्यवस्थापन गर्दै शल्यक्रिया गरिएको डाक्टर चेरियन बताउनुहुन्छ । विगत पाँच वर्षदेखि सामान्य काँठोजस्तो देखिएकोमा विगत एक वर्षदेखि उक्त गाँठो बढ्दै जाँदा २० किलोसम्म भएको इस्ताकले जानकारी दिनुभयो । उहाँले एकाएक बढ्दा आफूलाई डर लागेर अस्पताल आउँदा समस्याको रुपमा देखिएपछि शल्यक्रिया गरिएको बताउनुभयो ।
आर्थिक अवस्था कमजोर रहेका बिरामीका लागि यो मुख्य समस्याका रुपमा रहने भएकाले शल्यक्रिया गर्न पनि समस्या हुने गरेको छ । चिकित्सकका अनुसार रक्तनशासँग जोडिएकाले पनि ५० प्रतिशत खतराको अवस्थामा रहेको थियो । तर गर्दै जाँदा समस्यालाई समाधान गर्न सकेकोमा चिकित्सकले अर्को सफलता हात परेको बताउनुभएको छ ।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...












