निर्वाचका बेला होटल, रेस्टुराँ र दोहोरीसाँझ बन्द गर्न अपिल

चितवन, ३० बैशाख । जिल्ला प्रहरी कार्यालय चितवनले स्थानीय तहको निर्वाचनलाई ध्यान दिँदै जिल्लाका होटल, रेस्टुराँ तथा दोहोरी साँझ राति ८ बजेदेखि बिहान ६ बजेसम्म बन्द गर्न सार्वजनिक अपिल गरेको छ ।
रात्रिकालीन समयमा मापसे गरेर होहल्ला गर्ने प्रवृति रोक्न, अवाञ्छित गतिविधि नियन्त्रण गर्न तथा सार्वजनिक सुरक्षामा असर पार्ने गतिविधि हुन नदिन यसरी सार्वजनिक अपिल गरेको चिवतनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले आज जानकारी दिए ।
स्थानीय तहको निर्वाचन २०७४ का सन्दर्भमा शान्तिसुरक्षा प्रदान गरी भयरहित वातावरणमा स्वच्छ, निष्पक्ष र धाँधलीरहित तवरबाट निर्वाचन सम्पन्न गर्न गराउन यस्तो अपिल गरिएको हो ।
निर्वाचन आचारसंहिता २०७२ र स्थानीय तह निर्वाचन आचारसंहिता २०७३ को परिच्छेद २ को ५ ‘घ’ बमोजिम मौनअवधिमा पालना गर्नुपर्ने आचरण र स्थानीय प्रशासन ऐन २०२८ बमोजिम भेला जम्मा हुन र भेलाजम्मा भई हिँडडुल गर्न नपाइने भएकाले शान्ति सुरक्षाका लागि यस्तो आग्रह गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी उपरीक्षक दीपक थापाले जिल्लामा शान्ति सुरक्षा कडा पारिएको भन्दै मतदान केन्द्रको ५०० मिटर वरपर मदिरा निषेध गरी कडा सुरक्षा प्रदान गरिएको जानकारी दिए। यसका लागि जिल्लामा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए । रासस
Comments
अरु समाचार
-
गायिका अञ्जु गौतम र गायक सुशील भट्टराईको स्वरमा ‘सयपत्री माला’ सार्वजनिक
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा देउसी–भैलोको मौलिकता र सांस्कृतिक रौनक बोकेको नयाँ गीत ‘सयपत्री माला’ सार्वजनिक...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...












