निर्वाचका बेला होटल, रेस्टुराँ र दोहोरीसाँझ बन्द गर्न अपिल

चितवन, ३० बैशाख । जिल्ला प्रहरी कार्यालय चितवनले स्थानीय तहको निर्वाचनलाई ध्यान दिँदै जिल्लाका होटल, रेस्टुराँ तथा दोहोरी साँझ राति ८ बजेदेखि बिहान ६ बजेसम्म बन्द गर्न सार्वजनिक अपिल गरेको छ ।
रात्रिकालीन समयमा मापसे गरेर होहल्ला गर्ने प्रवृति रोक्न, अवाञ्छित गतिविधि नियन्त्रण गर्न तथा सार्वजनिक सुरक्षामा असर पार्ने गतिविधि हुन नदिन यसरी सार्वजनिक अपिल गरेको चिवतनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले आज जानकारी दिए ।
स्थानीय तहको निर्वाचन २०७४ का सन्दर्भमा शान्तिसुरक्षा प्रदान गरी भयरहित वातावरणमा स्वच्छ, निष्पक्ष र धाँधलीरहित तवरबाट निर्वाचन सम्पन्न गर्न गराउन यस्तो अपिल गरिएको हो ।
निर्वाचन आचारसंहिता २०७२ र स्थानीय तह निर्वाचन आचारसंहिता २०७३ को परिच्छेद २ को ५ ‘घ’ बमोजिम मौनअवधिमा पालना गर्नुपर्ने आचरण र स्थानीय प्रशासन ऐन २०२८ बमोजिम भेला जम्मा हुन र भेलाजम्मा भई हिँडडुल गर्न नपाइने भएकाले शान्ति सुरक्षाका लागि यस्तो आग्रह गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी उपरीक्षक दीपक थापाले जिल्लामा शान्ति सुरक्षा कडा पारिएको भन्दै मतदान केन्द्रको ५०० मिटर वरपर मदिरा निषेध गरी कडा सुरक्षा प्रदान गरिएको जानकारी दिए। यसका लागि जिल्लामा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए । रासस
Comments
अरु समाचार
-
इरानविरुद्ध जारी सैन्य अभियान कम गर्ने सोचमा ट्रम्प, युद्ध रोकिने संकेत हो ?
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य अभियान बिस्तारै कम गर्ने विषयमा विचार भइरहेको बताएका छन् । पश्चिम...
-
अमेरिकी डलरको भाउ १५० नाघ्यो, अरू कुन मुद्राको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार (चैत ७)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार, अमेरिकी...
-
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांगे्रसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।...
-
आज देशभर बादल लाग्ने, मध्यम वर्षा/हिमपातको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको प्रभाव रहेको छ । हाल मधेश, बागमती, गण्डकी, लुम्बिनी,...
-
आज ईद उल फित्र पर्व मनाइँदै, राष्ट्रपति पौडेलले दिए शुभकामना
काठमाडौं । अरबी पात्रो हिजरी संवतअनुसार नवौँ महिनामा निराहार व्रत गरेका देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद...
-
कांग्रेस सभापति थापाको राजीनामाबारे औपचारिक निर्णय आइतबार गरिने
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (चैत ६)लाई स्थगित भएको छ । पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार, २५...
-
प्रतिकुल मौसमका कारण उडान प्रभावित, धेरै विमान गन्तव्यमा अवतरण नगरी डाइभर्ट
काठमाडौँ । देशका विभिन्न भागमा विकसित प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट शुक्रबार आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू व्यापक रूपमा प्रभावित...
-
आज कांग्रेस केन्द्रीय समिति बैठक, स्वीकृत होला सभापति थापाको राजीनामा ?
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो १ बजे पार्टी...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...












