निर्वाचनको दिन पर्यटकका लागि छुट्टै विशेष सवारी चलाइने
काठमाडौं, ३० बैशाख । निर्वाचनको दिन पर्यटकका लागि विशेष छुट्टै सवारीको व्यवस्था गरिने भएको छ । नेपाल पर्यटन बोर्डले बैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचनमा काठमाडौं उपत्यकामा पर्यटकका लागि विशेष छुट्टै सवारीको व्यवस्था गरेको हो ।
स्थानीय तहको निर्वाचनका दिन आइतबार पर्यटकलाई लक्षित गर्दै उपत्यकामा सवारी चलाउने भएको छ। नेपाल भम्रण आउने तथा फर्कन चाहने पर्यटकका लागि निर्वाचन आयोगसँग अनुमति लिएर सवारी चलाइने पर्यटन बोर्डका सूचना अधिकारी शरद प्रधानले बताए।
पर्यटकलाई तीनवटा रुटमा सवारीले पिकअप तथा ड्रप गर्नेछन्। पर्यटक प्रहरीको सहयोगमा बोर्डले निःशुल्क रुपमा बसहरु सञ्चालन गर्नेछ। बोर्डले निर्वाचनका दिन सम्पूर्ण पर्यटक बसहरुलाई निर्वाचन आयोगबाट पास लिएर सहज आवतजावतको व्यवस्था मिलाएको जनाएको छ।
रुट नम्बर १
पहिलो रुटमा बोर्डले एयरपोर्ट-एनएसी-न्यूरोड-होटल अन्नपूर्ण, याक एण्ड यति-ठमेल चोक-लैनचोर, होटल शंकर हुँदै एयरपोर्टसम्म रहेको छ।
रुट नम्बर २
एयरपोर्ट होटल-साँग्रिला-नारायण गोपाल चोक-ह्यात रिजेन्सी-चावहिल-होटल द्वारिकाज् हुँदै पुनः एयरपोर्टसम्म फर्किने रुट निर्धारण गरेको छ।
रुट नम्बर ३
एयरपोर्ट-तीनकुने-होटल एभरेष्ट-माइतीघर-होटल हिमालय-सेन्ट जेभियर्स स्कुल-होटल सोल्टी हुँदै एयरपोर्टसम्मको तीन नम्बर रुट कायम गरेको छ। यी रुटमा पर्यटक प्रहरीको सहयोगमा विहान ६ बजेदेखि नै सवारी चल्ने बोर्डले जनाएको छ।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...












