चुनावी झडपमा मर्नेको संख्या तीन पुग्यो, दोलखामा मात्रै २ जनाको मृत्यु
काठमाडौं ३१ बैशाख । निर्वाचनको अवधिभरमा तीन जनाले ज्यान गुमाएका छन् । पछिल्लो केहीसाता यता देशका विभिन्न क्षेत्रमा भएका झपडमा परी तीन जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ । शनिवार सम्म दुई जनाले ज्यान गुमाएकोमा आज दोलखामा थप एक जनाको ज्यान गएपछि मर्नेको संख्या तीन पुगेको हो ।
उनीसँगै दोलखामा मात्रै दुई जनाले ज्यान गुमाएका छन् । गत साता एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच भएको झडपमा एमाले कार्यकर्ता कुलबहादुर तामाङको ज्यान गएको थियो । त्यसैगरी शनिबार राति काभ्रेको नमोबुद्धमा सशस्त्र प्रहरीको गोली लागेर एक जनाको ज्यान गएको थियो । सशस्त्रको गोली लागेर नमोबुद्ध नगरपालिका ३ का २८ बर्षीय नवराज पाठकको ज्यान गएको थियो । गत सातादेखि नै तनावग्रस्त रहेको दोलखामा चुनावी झडपकै क्रममा मतदानको दिन थप एकजनाको ज्यान गएको हो ।
मेलुङ गाउँपालिका मतदान केन्द्रमा राजनीतिक दलका कार्यकर्ताबीच झडप भएपछि नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली चलाउँदा एकजनाको मृत्यु भएको दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज भट्टले जानकारी दिए । उनको सनाखत भने हुन सकेको छैन् । घटनामा चार जना घाइते भएका छन्।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...












