मुम्बई इन्डियन्स तेस्रो पटक आइपीएल च्याम्पियन
काठमाडौं, ८ जेठ । मुम्बई इन्डियन्सले तेस्रो पटक आपीएल उपाधी जितेको छ । मिचेल जोनसनले अन्तिम ओभरमा २ विकेट झारेपछि मुम्बई इन्डियन्सले राइजिङ पुने सुपरजायन्ट्सलाई १ रनले पराजित गर्दै आइपीएल-१० को उपाधि जितेको हो । यसका लागि मुम्बईले १२९ रनको सामान्य लक्ष्य डिफेण्ड गर्यो। फाइनलमा १ रनको रोमाञ्चक जितसँगै मुम्बईले लिग र प्लेअफमा गरी पुनेसँग बेहोरेको ३ हारको बदलासमेत एकैपटक लिएको छ।
लिग चरणमा पुनेले मुम्बईलाई दुई पटक हराएको थियो भने प्लेअफको पहिलो क्वालिफायर्समा पनि पुने मुम्बईलाई पराजित गर्दै पिहलो पटक फाइनल पुगेको थियो। पुनेलाई जितका लागि अन्तिम ओभरमा ११ रन अवश्य थियो र ७ विकेट बाँकी थियो। क्रिजमा थिए कप्तान स्टिभ स्मिथ र मनोज तिवारी।
मुम्बईका कप्तान रोहित शर्माले मिचेल जोनसनलाई अन्तिम ओभर बलिङ गर्न बल थमाए। जोनसनको पहिलो बलमा तिवारीले चौका प्रहार गर्दै पुनेलाई जितको आशा दिलाए। तर त्यसपछि लगातार दुई बलमा तिवारी र स्मिथलाई जोनसनले आउट गरेपछि खेल मुम्बईको पकडमा गयो।
चौथो बलमा वासिटन सुन्दरले १ तथा पाँचौमा ड्यान क्रिस्टियनले २ रन लिएपछि पुनेलाई अन्तिम बलमा ४ रन आवश्यक थियो। तर अन्तिम बलमा २ रन मात्र लिन सफल भएपछि मुम्बईले १ रनको जित हात पार्यो।
हैदरावदस्थित राजिव गान्धी इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२९ रन बनाएको थियो। मुम्बईका लागि क्रुनल पाण्ड्याले सर्वाधिक ४७ रन बनाए। कप्तान रोहित शर्माले २४ रन जोडे। बलिङमा पुनेका जयदेव उनादकाट, एडम जाम्पा र ड्यान क्रिस्टियनले समान २-२ विकेट लिए।
जवाफमा १३० रनको सामान्य लक्ष्य पछ्याएको पुनेले पूरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १२८ रन मात्र बनाउन सक्यो। पुनेका लागि कप्तान स्टिभ सम्थले अर्धशतक पूरा गरेपनि जितका लागि पर्याप्त भएन। स्मिथले ५० बल खेल्दै २ चौका र २ छक्काको मद्दतमा ५१ रन बनाए। ओपनर अजिन्का रहानेले ४४ रन बनाए।
मुम्बईलाई तेस्रो पटक आइपीएल उपाधि जिताउने क्रममा मिचेल जोनसनले सर्विधक ३ तथा जसप्रित बुमराहले २ विकेट लिए। यसअघि सन् २०१३ र २०१५ मा मुम्बईले चेन्नाई सुपर किंग्सलाई हराउँदै उपाधि जितेको थियो।
Comments
अरु समाचार
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...
-
रोहित पौडेलले स्वीकारे गल्ती, भने –इटालीसँगको भिडन्तमा राम्रो ब्याटिङ गर्न सकिएन
काठमाडौं । नेपाली क्रिकेट टोलिका कप्तान रोहित पौडेलले बिहीबारको खेलमा नेपालले राम्रो ब्याटिङ नसकेको स्वीकार गरेका छन् । खेलपछि संक्षिप्त...
-
टी–२० विश्वकपमा आज तीन रोमाञ्चक खेल, नेपाल समूहमा रहेका इंग्ल्याण्ड–वेस्ट इण्डिज प्रतिस्पर्धामा
काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत आज बुधबार तीन रोमाञ्चक खेल हुँदैछन्। समूह ‘डी’ मा दक्षिण अफ्रिका र अफगानिस्तान, समूह...
-
आईसीसी टी–२० विश्वकप: नेपालले आज इंग्ल्याण्डसँग खेल्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दैछ । खेल मुम्बईको वानखडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो...
-
टी–२० विश्वकप तयारी : नेपालको अन्तिम अभ्यास खेल आज क्यानडासँग
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप अन्तिम वार्मअप खेलमा नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा हुने खेल...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...












