मुम्बई इन्डियन्स तेस्रो पटक आइपीएल च्याम्पियन

काठमाडौं, ८ जेठ । मुम्बई इन्डियन्सले तेस्रो पटक आपीएल उपाधी जितेको छ । मिचेल जोनसनले अन्तिम ओभरमा २ विकेट झारेपछि मुम्बई इन्डियन्सले राइजिङ पुने सुपरजायन्ट्सलाई १ रनले पराजित गर्दै आइपीएल-१० को उपाधि जितेको हो । यसका लागि मुम्बईले १२९ रनको सामान्य लक्ष्य डिफेण्ड गर्यो। फाइनलमा १ रनको रोमाञ्चक जितसँगै मुम्बईले लिग र प्लेअफमा गरी पुनेसँग बेहोरेको ३ हारको बदलासमेत एकैपटक लिएको छ।
लिग चरणमा पुनेले मुम्बईलाई दुई पटक हराएको थियो भने प्लेअफको पहिलो क्वालिफायर्समा पनि पुने मुम्बईलाई पराजित गर्दै पिहलो पटक फाइनल पुगेको थियो। पुनेलाई जितका लागि अन्तिम ओभरमा ११ रन अवश्य थियो र ७ विकेट बाँकी थियो। क्रिजमा थिए कप्तान स्टिभ स्मिथ र मनोज तिवारी।
मुम्बईका कप्तान रोहित शर्माले मिचेल जोनसनलाई अन्तिम ओभर बलिङ गर्न बल थमाए। जोनसनको पहिलो बलमा तिवारीले चौका प्रहार गर्दै पुनेलाई जितको आशा दिलाए। तर त्यसपछि लगातार दुई बलमा तिवारी र स्मिथलाई जोनसनले आउट गरेपछि खेल मुम्बईको पकडमा गयो।
चौथो बलमा वासिटन सुन्दरले १ तथा पाँचौमा ड्यान क्रिस्टियनले २ रन लिएपछि पुनेलाई अन्तिम बलमा ४ रन आवश्यक थियो। तर अन्तिम बलमा २ रन मात्र लिन सफल भएपछि मुम्बईले १ रनको जित हात पार्यो।
हैदरावदस्थित राजिव गान्धी इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२९ रन बनाएको थियो। मुम्बईका लागि क्रुनल पाण्ड्याले सर्वाधिक ४७ रन बनाए। कप्तान रोहित शर्माले २४ रन जोडे। बलिङमा पुनेका जयदेव उनादकाट, एडम जाम्पा र ड्यान क्रिस्टियनले समान २-२ विकेट लिए।
जवाफमा १३० रनको सामान्य लक्ष्य पछ्याएको पुनेले पूरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १२८ रन मात्र बनाउन सक्यो। पुनेका लागि कप्तान स्टिभ सम्थले अर्धशतक पूरा गरेपनि जितका लागि पर्याप्त भएन। स्मिथले ५० बल खेल्दै २ चौका र २ छक्काको मद्दतमा ५१ रन बनाए। ओपनर अजिन्का रहानेले ४४ रन बनाए।
मुम्बईलाई तेस्रो पटक आइपीएल उपाधि जिताउने क्रममा मिचेल जोनसनले सर्विधक ३ तथा जसप्रित बुमराहले २ विकेट लिए। यसअघि सन् २०१३ र २०१५ मा मुम्बईले चेन्नाई सुपर किंग्सलाई हराउँदै उपाधि जितेको थियो।
Comments
अरु समाचार
-
केपी ओली कप फुटबलको उपाधि मच्छिन्द्र एफसीले जित्यो
काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र एफसीले जितेको छ । दशरथ रंगशालामा भएको फाइनल खेलमा त्रिभुवन आर्मी...
-
केपी ओली कप: उपाधिका लागि आज मच्छिन्द्र र त्रिभुवन आर्मीको भिडन्त
काठमाण्डौ । तेस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज मच्छिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी क्लब खेल्दैछन्...
-
आइसीसी च्याम्पियन्स ट्रफीको समूह विजेता बन्यो भारत
काठमाण्डौ । आइसीसी च्याम्पियन्स ट्रफीमा न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत समूह विजेता बनेको छ । भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र...
-
च्याम्पियन्स ट्रफी : आज भारत र न्युजिल्यान्डको भिडन्त प्रतिस्पर्धा हुँदै
काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा आइतबार भारत र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ। समूह ए अन्तर्गतको उक्त...
-
प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबिच भेट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र तेस्रो केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडी तथा आयोजकबीच आज भेटघाट भएको छ...
-
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : नेपाल र म्यानमारबिच आज उपाधि भिडन्त
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा जारि फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपको उपाधिका लागि आज घरेलु टोली नेपालले म्यानमारको सामना गर्दैछ...
-
केपी ओली कप : पुलिसलाई हराउँदै आर्मी सेमिफाइनलमा
काठमाडौं । त्रिभुवन आर्मी क्लब केपी ओली कप च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा सोमबार भएको...
-
आजदेखि केपी ओली कप, विश्वचर्चित फुटबलर जियानलुजी आउने
काठमाडौं । केपी ओली कप च्याम्पियनसिप फुटबल आज (आइतबार) देखि सुरु हुँदैछ । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा काठमाडौंमा हुने...
-
प्रधानमन्त्री कपको खेल तालिका सार्वजनिक
काठमाडौं । प्रधानमन्त्री कप (पुरुष) राष्ट्रिय क्रिकेट प्रतियोगिताका २०८१ का सम्पुर्ण खेल लुम्बिनी प्रदेशमा हुने भएका छन् । फागुन २५...