धनगढीमा गएराति सुतिरहेकै अवस्थामा एक दम्पत्तिको हत्या
धनगढी, ८ जेठ । कैलालीमा गएराति एक दम्पतिको घरमै सुतिरहेकै अवस्थामा हत्या भएको छ । धनगढी उपमहानगरपालिका ७ छात्राबास टोलमा आफ्नै घरमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गरेर दम्पत्तिको हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
स्थानीयले दिएको सूचनाको आधारमा प्रहरी घटनास्थल पुग्दा कोठामा ताला लगाएको भेटिएको थियो । प्रहरीले ताला तोडेर भित्र हेर्दा विभित्स अवस्थामा ७२ वर्षका बद्रिप्रसाद जोशी र उनकी श्रीमती ६५ वर्षकी कुन्ता देवि जोशीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरुको अनुहारमा धारिलो हतियारले छियाछिया हुने गरी प्रहार गरेको र कोठामा ताला लगाएर राखेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) अर्जुन चन्दले जानकारी दिए ।
एसपी चन्दका अनुसार हत्याको आशंकामा जोशीको घरमा कोठा भाडामा लिएर बसेका समेत गरी ७ जनालाई नियन्त्रणमा लिईएको छ । अन्य २ जना फरार रहेको बताईएको छ । शिक्षण पेशाबाट अवकास प्राप्त जोशी जजमानी पेशा गर्दै आएरहेका थिए । जोशी दम्पत्तिको कसले के कारणले हत्या गरेको हो भन्ने विषयमा छानविन भईरहेको एसपी चन्दले जानकारी दिए ।
सोही घरमा कोठा भाडामा लिएर भुईतलामा बस्दै आएका भागीराम चौधरीका अनुसार आइतबार राती ८ बजे तिर २०र२२ जनाको संख्यामा मानिसहरु आएर खसी काटेर भोज खाएको र अबेर रातिसम्म नाचगान समेत गरेका थिए ।
मृतक दम्पत्तिका ३ छोरी र १ छोरा रहेका छन् । छोरा हाल वैदेशिक रोजगारीको सिलसिलामा स्पेन र एउटा छोरी अष्ट्रेलिया र अर्को छोरी अमेरिकामा रहेको छिन भने जेठी छोरी धनगढीमै रहेकी छन् ।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...












