उदयपुरमा काँग्रेस, एमाले र माओवादीले उम्मेदवारको टुंगो लगाए
उदयपुर, १६ जेठ । स्थानीय तहमा हुन गइरहेको दोस्रो चरणको निर्वाचनका लागि उदयपुर जिल्लामा नेकपा एमाले र नेपाली काँग्रेसले जिल्लाका चार नगरपालिका र चार गाउँपालिकासहित ८ स्थानीय तहमा आफ्ना पार्टीबाट उम्मेदवार चयन गरेका छन् । एमालेले सोमबार जिल्लाका ८ वटा स्थानीय तहका लागि आफ्नो पार्टीको तर्फबाट उमेदवारको नाम सार्वजनिक गरेको कुरा एमाले उदयपुरले बताएको छ ।
जिल्लाको त्रियुगा नगरपालिकामा एमालेले मेयरका लागि बलदेव चौधरी र उपमेयरमा सृजना दनुवारको नाम सार्वजनिक गरेको छ । यस्तै कटारी नगरपालिकामा ज्ञानेन्द्र श्रेष्ठ मेयर र उपमेयरमा भीमकुमारी राउत, बेलका नगरपालिकामा मेयरमा दुर्गाकुमार थापा र उपमेयरमा राजकुमारी चौधरी तथा चौदण्डी नगरपालिकामा मेयरमा नरेन्द्रबहादुर राउत र उपमेयरमा कान्ता राई रहेको एमाले प्रचार विभाग उदयपुरका प्रमुख परमेश्वर घिमिरेले बताए ।
यस्तै, उदयपुरगढी गाउँपालिकाबाट एमालेले अध्यक्षमा मानबहादुर मगर र उपाध्यक्षमा सानु राउत, ताप्ली गाउँपालिकाको अध्यक्षमा उद्धवसिंह थापा र उपाध्यक्षमा कमला राई, रौतामाई गाउँपालिकाको अध्यक्षमा गजेन्द्र खड्का र उपाध्यक्षमा कुमारीज्यू ठकुरी, सुनकोसी गाउँपालिकाको अध्यक्षमा भलबहादुर राई र उपाध्यक्षमा लक्ष्मी कार्की रहेको एमाले उदयपुरले बताएको छ ।
यता नेपाली काँग्रेस उदयपुरले त्रियुगा नगरपालिकाको मेयरमा वसन्तकुमार बस्नेत र उपमेयरमा देवीकुमारी चौधरी, चौदण्डी नगरपालिकाको मेयरमा खगेन्द्र राई, बेलका नगरपालिकाको मेयरमा अशोक कार्की र उपमेयरमा दीपा राई, कटारी नगरपालिकाको मेयरमा ज्ञानेन्द्र मानसिंह राउत र उपमेयरमा सरस्वती ढुङ्गाना रहेका छन् ।
यस्तै, सुनकोसी गाउँपालिकाको अध्यक्षमा पुष्पलाल राई, उपाध्यक्षमा रमिला राई, ताप्ली गाउँपालिकाको अध्यक्षमा डिकबहादुर ठकुरी र उपाध्यक्षमा धनमाया मगर, रौतामाई गाउँपालिकाको अध्यक्षमा भूपेन्द्र थापा र उपप्रमुखमा धनमाया थापामगर, उदयपुरगढी गाउँपालिकाको अध्यक्षमा जीतबहादुर खड्का र उपाध्यक्षमा बिमा राईलाई उमेदवार चयन गरेको कुरा काँग्रेस उदयपुर प्रचार विभाग प्रमुख मदनराज कटुवालले बताए ।
यता नेकपा माओवादी केन्द्र, उदयपुरले पनि जिल्लाका पाँच स्थानीय तहमा उमेदवार निर्धारण गरेको छ । जिल्लाको कटारी नगरपालिकाको मेयरमा केपी बराल र उपमेयरमा मीना कोइराला, बेलका नगरपालिकाको मेयरमा रमण भट्टराई र उपमेयरमा गङ्गासरी राई, सुनकोसी गाउँपालिकाको अध्यक्षमा मेजर राई र उपाध्यक्षमा सुना राई, उदयपुरगढी गाउँपालिकाको अध्यक्षमा देव गिरी र उपाध्यक्षमा निर्मला मगर र ताप्ली गाउँपालिकाको अध्यक्षमा ढुङ्गराज विकलाई अध्यक्षमा नाम सिफारिस गरेको माओवादी केन्द्र उदयपुरका पार्टी अध्यक्ष विनोद कटुवालले जानकारी दिए । बाँकी तीन तहको लागि दुई दिनभित्र उम्मेदवार टुङ्गो लगाइने माओवादी केन्द्र उदयपुरले बताएको छ ।
Comments
अरु समाचार
-
एनपीएल-२ : विराटनगरलाई ४० रनको जित निकाल्दै लुम्बिनी फाइनलमा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ । दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनको जित निकाल्दै लुम्बिनी...
-
जाँचबुझ आयोगले तत्कालीन गृहसचिवसँग बयान लिँदै !
काठमाडौं । जेन–जी आन्दोलनका घटनामा जाँचबुझ गर्न गठन भएको आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीसँग आज बयान लिने भएको छ। आयोगले...
-
प्रतिनिधिसभा निर्वाचनको ६० प्रतिशत काम सम्पन्नः प्रमुख निर्वाचन आयुक्त
काठमाडाैं । निर्वाचन आयाेगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको कार्यातालिकाको...
-
प्रधानमन्त्री र पूर्वराष्ट्रपति भण्डारीबीच ओलीलाई गिरफ्तार गर्ने सल्लाह भएको महेश बस्नेतको दाबी
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरफ्तार...
-
ओलीले आज सम्पादकहरूसँग अन्तरक्रिया गर्दै
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज आशन्न ११ औं महाधिवेशन तथा समसामयिक विषयमा सम्पादकहरूसँग छलफल...
-
गोवामा ज्यान गुमाएका सबै नेपालीको पहिचान खुल्यो, शव ल्याउने तयारी
काठमाडौं । भारत गोवाको नाइट क्लबमा आगलागी हुँदा ज्यान गुमाएका सबै नेपालीको पहिचान खुलेको छ । गत शनिबारको घटनामा पाँच...
-
छाउपडी प्रथा क्रमशः न्यूनीकरण हुँदै, बडीमालिकाका सात वडा मुक्त घोषणा
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको...
-
एनपीएल-२ : दोस्रो क्वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच खेल हुँदै छ । कीर्तिपुरस्थित त्रिवि...
-
आज विभिन्न मुलकमा अन्तरराष्ट्रिय पर्वत दिवस मनाइँदै
काठमाडौं । हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव, पर्वतीय विकासका अवसर र चुनौतीबारे जनचेतना बढाउने तथा विश्वभर पर्वतीय...












