स्वास्थ्यमन्त्री थापाले विद्यालयमा नर्स राख्ने विषयमा प्याब्सनसँग सम्झौता गरे
काठमाडौं, १८ जेठ । निजी विद्यालयहरुमा अनिवार्य नर्स राख्ने विषयमा स्वास्थ्य मन्त्रालय र निजी विद्यालयहरुको छाता संस्था प्याब्सनबीच सम्झौता भएको छ । विद्यालय हाताभित्र पेय पदार्थ र जंक फुडमा प्रतिवन्ध लगाउने लगायतका बुँदामा पनि सम्झौता भएको छ ।
विश्व धुम्रपान तथा सुर्तीजन्य पदार्थरहित दिवसको अवसरमा स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य, शिक्षा तथा सुचना केन्द्रद्वारा आयोजित कार्यक्रममा स्वास्थ्य मन्त्रालयका तर्फबाट राष्ट्रिय स्वास्थ्य, शिक्षा तथा सूचना केन्द्रका निर्देशक बद्रीबहादुर खड्का तथा प्याब्सनका तर्फबाट प्याब्सनका अध्यक्ष विजय साम्बाहाम्फेले उक्त सम्झौता पत्रमा संयुक्त रुपमा हस्ताक्षर गरेका थिए ।
सम्झौता पत्रमा मेरो वर्ष अभियानको ५ प्रतिवद्धतालाई प्रवर्द्धन गरी बालबालिकाहरुमार्फत घर परिवारसम्म पुर्याई व्यवहार प्रवर्द्धन तथा अवलम्बन गर्न अभिप्रेरित गर्ने, एक विद्यार्थी एक खेलकुद भन्ने नाराका साथ प्रत्येक विद्यार्थीलाई कुनै एक खेलकुदमा सहभागी गराउने, विद्यालय हाताभित्र गुलियो पेय पदार्थ तथा जंकफुड प्रवेशमा रोक लगाउने तथा अभिभावकलाई पोषिलो खानेकुरा पठाउन जोड दिने, प्रत्येक विद्यालयमा एक नर्स वा स्वयंसेविकाको व्यवस्था गर्ने उल्लेख छ ।
त्यसैगरी, मन्त्रालयका तर्फबाट विद्यार्थीको व्यवहार परिवर्तनका लागि आवश्यक चेतनामुलक अध्ययन सामग्री उपलब्ध गराउने तथा स्वास्थ्य जाँच र परीक्षणका लागि स्थानीय स्वास्थ्य संस्थाहरुलाई सहयोग गर्न निर्देश गर्ने तथा विद्यालयमा कार्यरत नर्सको क्षमता अभिवृद्धिका लागि अभिमुखी तालिमको व्यवस्था गर्ने सहमति भएको छ ।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...












