एमालेको अवरोधपछि संसद बैठक २१ गतेसम्मको लागि स्थगित

काठमाडौं, १८ जेठ । नेकपा एमालेको अवरोधका कारण आजको व्यवस्थापिका संसद बैठक स्थगित भएको छ । एमालेले भरतपुर महानगरपालिकाको मतगणना सुचारुको माग गर्दे व्यवस्थापिका संसद बैठक अबरुद्ध पारेपछि बैठक स्थगित भएको हो ।
सभामुख ओनसरी घर्तीले विहिबारको संसद बैठक सुरु भएको जनाउ दिने वित्तिकै एमालेका सांसदहरुले उभिएर बैठक अवरोध गरेका हुन् । अवरोधका बीच नेकपा माओवादीका सांसद रामनारायण विडारीले नियमापत्ति जनाएपछि बैठकको माहोल भिन्न बनेको थियो । प्रमुख प्रतिपक्षी नेकपा एमालेले उठेर अवरोध जनाईरहेको समयमा नियमापत्तिका लागि बोल्न दिन नसक्ने सभामुखले बताएपछि सांसद विडारीले एकोहोरो नियमापत्ति भनेपछि बैठक हाँसोले गुञ्जयमान भएको थियो ।
एमालेका सांसदले उभिएर विरोध जनाएपछि सभामुख घर्तीले जेठ २१ गते बिहान ११ बजे सम्मका लागि बैठक स्थगित गरिन् । संसद सचिवालयले विहिबारको बैठकमा राष्ट्रपतिको कार्यालयबाट बहुमतको आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्ने सम्बन्धी पत्रको व्यहोरा सभामुखले पढेर सुनाउने, अर्थमन्त्री कृष्ण बहादुर महराले आर्थिक बर्ष २०७४ ÷०७५को राजश्वर र व्ययको बार्षिक अनुमान माथि छलफल सुरु गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसुची तय गरेको थियो ।
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
प्रतिनिधि सभा निर्वाचनमा ६० प्रतिशत मत खसेकाे आयोगको औपचारिक घोषणा
काठमाडौं । निर्वाचन आयोगले बिहीबार भएको प्रतिनिधि सभाको निर्वाचनमा करिब ६० प्रतिशत मतदान भएको जनाएको छ। आयोगका कार्यवाहक प्रमुख रामप्रसाद...
-
खाडी देशमा रहेका झन्डै १६ हजार नेपालीहरूको विवरण सङ्कलन
काठमाण्डौ । खाडी देशहरुमा चलिरहको युद्धपछि सरकारले त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे नियमित रूपमा विवरण सङ्कलनको काम गरिरहेको छ । परराष्ट्र...
-
उत्साहपूर्वक मतदान जारी, ६५ प्रतिशत मत खस्ने आयोगको अनुमान
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी रहेको बताएका छन् । मतदान गरेपछि...
-
काठमाडौंमा मतदान गरेर हेलिकोप्टरबाट झापा गए बालेन
काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) झापा प्रस्थान गरेका छन् । त्रिभुवन विमानस्थल प्रहरी स्रोतका अनुसार उनी केहीबेरअघि...
-
प्रधानमन्त्री कार्कीले धापासी मतदान केन्द्र पुगेर गरिन् मतदान
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन् । बिहीबार बिहानै काठमाडौँको टोखा नगरपालिका धापासीस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेकी...
-
प्रतिनिधिसभा निर्वाचन : छमध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
काठमाडौं । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा अन्य पाँच प्रकारका कागजातका आधारमा मतदान...
-
चुनाव बिथोल्ने कुनै तत्व छैन, ढुक्क भएर मतदान गर्नुस्ः निर्वाचन आयोग
काठमाडौं । निर्वाचन आयोगले चुनाव बिथोल्ने कुनै तत्व नरहेको उल्लेख गर्दै ढुक्क भएर मतदान गर्न आग्रह गरेको छ ।निर्वाचन आयोगका...
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...











