डोटीमा नेपालीको अपहरण गर्दा पक्राउ परेका भारतीय प्रहरीलाई बिनाकारबाही छोडिदैं
डोटी, १९ जेठ । डोटीमा नेपाली अपहरण घटनामा पक्राउ परेका भारतीय प्रहरीको टोलीलाई सर्तसहित छाड्ने तयारी भएको छ । भारतीय प्रहरीका डिएसपीसहितको टोलीलाई छोडे भारतले कर्नाटकमा लुटपाटको आरोपमा जेल परेका तीनजना नेपालीलाई रिहा गर्नुपर्ने सर्त राखेपछि उनीहरुलाई छोड्ने तयारी भएको हो ।
अहिले प्रहरी टोलीलाई रिहा गर्न कागजात मिलाउने काम भइरहेको छ । जिल्ला प्रहरी कार्यालयले अपहरणको शैलीमा भारतीय प्रहरी चढेर आएको गाडीलाई भने छोडिसकेको छ । बुधबार मध्यरातमा दिपायल सिलगढी नगरपालिका ८ मा लालबहादुर आउजीलाई अपरण गर्न खोज्ने भारतीय प्रहरीको समूहलाई जिल्ला प्रहरी कार्यालय डोटीको टोलीले नियन्त्रणमा लिएको थियो ।
भारतीय प्रहरीका डिएसपी नागराजको कमाण्डमा आएको उक्त प्रहरी टोलीले आउजीलाई मध्य राति उनकै घरमा कुटपिट गर्नुको साथै हात तथा मुखमा पट्टी बाँधी आफूले ल्याएको गाडीमा लैजान खोजेका थिए । भारतीय प्रहरीको अपहरणमा परेका आउजी अपहरणमुक्त भए पनि उनलाई जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा राखिएको प्रहरीले जनाएको छ ।
स्थानीय बासिन्दाका अनुसार भारतमा मजदुरी गर्दै आएका लडागडाकै प्रसाद पार्की र अन्य तीन जनासहित भारतीय प्रहरीले लालबहादुरलाई घरबाट राति २ बजे अपहरणको प्रयास गरेका थिए । स्थानीय बासिन्दाका अनुसार प्रसादले मध्यरातमा लालबहादुरको घरको ढोका ढकढक्याएपछि लालबहादुरकी श्रीमतीले को हो भनी सोध्दा प्रसादले आफ्नो परिचय दिएपछि ढोका खोल्नासाथ भारतीय प्रहरीको समूह भित्र पसेर लालबहादुरलाई हात खुट्टा बाँधी जवरजस्ती गाडीमा हालेर लगेका थिए ।
घटनाको बारेमा स्थानीय बासिन्दाले तत्काल इलाका प्रहरी कार्यालय लडागडामा खवर गरेका थिए । लडागडा प्रहरीले गाडी रोक्न नसकेपछि जिल्ला प्रहरी कार्यालय डोटीलाई खबर गरेका थियो । जिल्ला प्रहरी कार्यालय डोटीको हतियार सहितको टोलीले अपहरणकारी, अपहरित व्यक्ति र अपहरणमा प्रयोग गरिएको गाडी राति नै नियन्त्रणमा लिएको थियो ।
Comments
अरु समाचार
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
देउवा र कोइराला पक्ष कांग्रेसको विराटगरमा आज संगुक्त भेला
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहको कोशी प्रदेशस्तरीय संयुक्त भेला आज विराटनगरमा...
-
कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक गर्न असार ७ गतेसम्म मौका
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न नसकेका केही जिल्लाका लागि असार ७ गतेसम्मको मौका दिएको छ । सदस्यता...
-
मेरो फेभरेट देशले विश्वकप खेलेकै छैन: प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले फिफा विश्वकप फुटबलतर्फ संकेत गर्दै विश्वकपमा ‘फेभरेट’ देश नखेलेको बताएका छन् । शनिबार साँझ फेसबुकमा...
-
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको...












