नवनिर्वाचित गाउँपालिका अध्यक्ष दिउँसै ‘रक्सी खाएर’ कार्यकक्षमै निदाएपछि..
कालिकोट, १९ जेठ । अहिले जननिर्वाचित प्रतिनिधिले आ आफ्नो काम कारबाही अगाडी बढाएका छन् । पहिलो चरण अन्तर्गत बैशाख ३१ गते सम्पन्न निर्वाचनबाट चुनिएका जनप्रतिनिधिहरुले आआफ्नो क्षेत्रमा काम कारबाही अगाडी बढाएका छन् । उनीहरुले आफ्नो लोकप्रियता कमाउन वा साँच्चै काम गर्नकै लागि हो पहिलो निर्णय भने निकै बोल्ड गरेका छन् ।
कसैले सामाजिक सुरक्षा भत्ता घर घरमा गएर वितरण गर्ने देखि लिएर विहान घाम नझुल्किँदै महानगरको फोहोर सफा हुने जस्ता निर्णय गर्दै लोकप्रियता कमाईरहेका छन् । सामाजिक सञ्जालमा उनीहरुले गरिरहेका काम कारबाही चर्चा परिचर्चा समेत भईरहेको छ । यसैमा कालिकोटका एक जनप्रतिनिधि भने यति बेला सामाजिक सञ्जालमा निकै भाइरल भईरहेका छन् । उनी राम्रो काम गरेर भने पक्कै होईन् । उनी रक्सी सेवन गरेर कार्यकक्षमै निदाएको फोटो यतिबेला सामाजिक सञ्जालमा भाईरल बनेको छ ।
पहिलो चरणको स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले दिउँसै रक्सी खाएर आफ्नो कार्यकक्षमा सुतेको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ । सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताको वालमा यो फोटो देखिन्छ । यही फोटोलाई हेरेर धेरैले जनताले राम्रो व्यक्ति चुन्न नसकेको प्रतिक्रिया दिएका छन् ।
उनी हुन् कालिकोटका जनप्रतिनिधि खडानन्द चौलागाई । चौलागाई आफ्नो कार्यालयभित्रै निदाएको फोटो भाइरल भएको हो । चौलागाइ नेकपा एमालेको तर्फबाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित जनप्रतिनिधि हुन् । फेसबुक प्रयोगकर्ताहरुले रक्सी खाएर चौलागाई दिउँसै कार्यकक्षमै निदाएको लेखेका छन् । चौलागाईले रक्सी खाए(नखाएको भन्न नसकिएपनि दिउँसै निदाएका भने पक्कै हुन् ।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...












