एक महिनाभित्र सबै स्थानीय तहमा कर्मचारीको व्यवस्था गरिने
काठमाडौं, १९ जेठ । स्थानीय तहमा एक महिनाभित्र कर्मचारीको व्यवस्था भईसक्ने भएको छ । सरकारले त्यसको लागी आवश्यक तयारी गरिरहेको छ । सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले स्थानीय तहमा कर्मचारीको व्यवस्थापन गर्न ढिलाई गर्न नहुने भन्दै एक महिनाभित्र कर्मचारीको व्यवस्थापन गरिसक्ने जानकारी दिएका छन् ।
शुक्रबार व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै मन्त्री बुढाथोकीले संघीय प्रशासनिक पुनर्संरचनाको कामलाई अघि बढाउन संसदीय समितिहरुलाई आग्रह गरिसकेको समेत जानकारी दिए । मन्त्री बुढाथोकीले स्थानीय तहमा जनप्रतिनिधि र बजेट पुगेपनि कर्मचारी पुग्ने अवस्था अझै नरहेकोतर्फ पनि समितिको ध्यानाकर्षण गराएको बताए । उनले स्थानीय तहमा जनतालाई सेवा दिने कर्मचारी पु¥याउने कामलाई छिटो सम्पन्न गर्न सबै निकायले चासो दिनुपर्ने बताए ।
बैठकमा समितिका सदस्यहरुले जनताको सेवालाई सहज ढंगले गर्न सक्ने गरी कर्मचारीहरुको व्यवस्थापन गर्नुपर्ने आवश्यक्ता औल्याएका छन् । संघीय प्रशासनिक पुनर्संरचना समितिले संघमा १८ वटा मन्त्रालय रहने गरी मन्त्रालय गठनसम्बन्धि प्रस्ताव राज्य व्यवस्था समितिमा पेश गरेको छ ।
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
प्रतिनिधि सभा निर्वाचनमा ६० प्रतिशत मत खसेकाे आयोगको औपचारिक घोषणा
काठमाडौं । निर्वाचन आयोगले बिहीबार भएको प्रतिनिधि सभाको निर्वाचनमा करिब ६० प्रतिशत मतदान भएको जनाएको छ। आयोगका कार्यवाहक प्रमुख रामप्रसाद...
-
खाडी देशमा रहेका झन्डै १६ हजार नेपालीहरूको विवरण सङ्कलन
काठमाण्डौ । खाडी देशहरुमा चलिरहको युद्धपछि सरकारले त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे नियमित रूपमा विवरण सङ्कलनको काम गरिरहेको छ । परराष्ट्र...
-
उत्साहपूर्वक मतदान जारी, ६५ प्रतिशत मत खस्ने आयोगको अनुमान
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी रहेको बताएका छन् । मतदान गरेपछि...
-
काठमाडौंमा मतदान गरेर हेलिकोप्टरबाट झापा गए बालेन
काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) झापा प्रस्थान गरेका छन् । त्रिभुवन विमानस्थल प्रहरी स्रोतका अनुसार उनी केहीबेरअघि...
-
प्रधानमन्त्री कार्कीले धापासी मतदान केन्द्र पुगेर गरिन् मतदान
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन् । बिहीबार बिहानै काठमाडौँको टोखा नगरपालिका धापासीस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेकी...
-
प्रतिनिधिसभा निर्वाचन : छमध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
काठमाडौं । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा अन्य पाँच प्रकारका कागजातका आधारमा मतदान...
-
चुनाव बिथोल्ने कुनै तत्व छैन, ढुक्क भएर मतदान गर्नुस्ः निर्वाचन आयोग
काठमाडौं । निर्वाचन आयोगले चुनाव बिथोल्ने कुनै तत्व नरहेको उल्लेख गर्दै ढुक्क भएर मतदान गर्न आग्रह गरेको छ ।निर्वाचन आयोगका...
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...











