नेपाल पुलिस क्लब प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा प्रवेश
काठमाडौं, २२ जेठ । नेपाल पुलिस क्लब काठमाडौंमा जारी प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार भएको पहिलो सेमिफाइनलमा सशस्त्र प्रहरीमाथि ३४ रनको जित हासिल गर्दै पुलिस फाइनल प्रवेश गरेको हो । पहिले ब्याटिङ गरेको पुलिसले ९ विकेटको क्षतिमा २ सय ५२ रन बनाएको थियो ।
पुलिसका लागी कुशल भुर्तेलले ५२ तथा सिद्धान्त लोहनीले ४० रन बनाएको इनिङमा दीपेन्द्रसिंह ऐरीले ३७ रनको योगदान दिए । सशस्त्र प्रहरीका अनिल शाहले ३ तथा ज्ञानेन्द्र मल्ल र अरुण ऐरीले २–२ विकेट लिए ।
वर्षाले प्रभावित खेलमा ‘डकवर्थ लुईस’ नियमअनुसार २८ ओभर ३ बलमा १ सय ७३ रनको चुनौती पाएको सशस्त्रले ६ विकेटको क्षतिमा १ सय ३८ रनमात्र बनाउन सकेपछि पुलिसले ३४ रनको जित हासिल गरेको हो । सशस्त्रका कप्तान ज्ञानेन्द्रले अलराउन्ड प्रदर्शन गर्नेक्रममा ३५ बलमा ४५ रन जोडे पनि टिमलाई जिताउन सकेनन् ।
दोस्रो सेमिफाइनलमा मंगलबार त्रिभुवन आर्मी क्लब र पश्चिमाञ्चल विकास क्षेत्र भिड्नेछन् । आर्मी समूहको विजेता हो भने पश्चिमाञ्चल अर्को समूहको उपविजेता हो ।
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












