एमाले टिकट विवाद बढेपछि ओली पक्षका कार्यकर्ताद्धारा पार्टी कार्यालय आगजनी
उदयपुर, २३ जेठ । उमेदवारको बिषयलाई लिएर नेकपा एमालेका कार्यकर्ताले पार्टी कार्यालयमा आगजनी गरेका छन् । उदयपुरको चौदण्डी नगरपालिका भित्र चरम विवाद सृजना भएपछि कार्यकर्ताले पार्टी कार्यालयमा आगजनी गर्नुका सँगै कालोझण्डा र तालाबन्दी गरेका छन् । नगर कमिटीले सिफारिस गरेकोभन्दा फरक व्यक्तिलाई प्रदेश कमिटीले मेयरको उमेदवार बनाएको भन्दै आक्रोशित कार्याकर्ताले आज एमाले नगर कमिटीको पार्टी कार्यालय तोडफोड गर्नुकासाथै पार्टी कार्यालयमा कालोझण्डा राखेका छन् ।
कार्यकर्ताहरुले चौदण्डी नगर कमिटीको कार्यालय बेल्टार ६ मा तालाबन्दी गर्नुका साथै पार्टी कार्यालय भित्र रहेको दुई थान कुर्सी जलाई कालोझण्डा गाडेका छन् । तालाबन्दी पछि कार्यकर्ताहरुले बेल्टार बजारमा प्रर्दशन गरेका छन् । आम कार्यकर्ताको भावना विपरित प्रदेश कमिटीले निर्णय गरेको भन्दै आक्रोशित कार्यकर्ताले निर्णय नसच्याएसम्म तालाबन्दी जारी रहने र उमेदवारलाई पनि नगर क्षेत्रमा प्रवेश गर्न नदिने अडान राखेका छन् ।
हुलहुज्जतकासाथ पार्टी कार्यालयमा पुगेका आक्रोशित कार्यकर्ताले कार्यालय तोडफोड गरी कुर्सी वाहिर ल्याएर जलाएको स्थानीय प्रत्यक्षदर्शीले जनाएका छन् । कुर्सी जलाउन थालेपछि भिड नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक आशाराम चौधरीको नेतृत्वमा प्रहरी टोली पुगेको थियो । इन्सपेक्टर चौधरीले पार्टी भित्रको आन्तरिक विवादका बिषयलाई लिएर कालोझण्डा राख्ने र तालाबन्दी लगाउने काम भएको बताए ।
पार्टीको केन्द्रीय सर्कुल वमोजिम नगर कमिटीले कुमारसिंह कार्की, राजेन्द्र कटुवाल, शम्भु पौडे्ल र कालु लामालाई सिफारिस गरेको थियो । सिफारिसमा परेका जो उम्मेदवार भएपनि एक अर्काले सघाउने भन्ने उनीहरुबीच समझदारी बनेको थियो । चार जनामा जसलाई टिकट दिएपनि विवाद सृजना हुने र अन्तरघात हुने सम्भावना बढेको भन्दै १ नम्बर प्रदेश कमिटीले पार्टीका जिल्ला कमिटी सदस्य नरेन्द्र राउतलाई टिकट दिएपछि विवाद सृजना भएको हो ।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...












