गर्भपतन गरेको भन्दै प्रेमिकाको हत्या गर्ने प्रेमी दोलखाबाट पक्राउ
काठमाडौं, २४ जेठ । प्रेमिकाको हत्या गरी फरार रहेका एक युवक पक्राउ परेका छन् । काठमाडौंमा हत्या गरेर फरार रहेका दोलखा वैतेश्वर गाउँपालिका २ का २४ वर्षीय प्रशान्त तामाङ दोलखाबाट पक्राउ परेका हुन् । उनीमाथि रामेछापकी २३ वर्षीया संचिता पाख्रिन तामाङको हत्याको आरोप छ ।
सञ्चिता बैशाख ८ गते गंगाहिटीस्थित आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी थिइन् । अनुसन्धानका क्रममा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले दोलखा पैतेश्वरका प्रशान्तलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार प्रशान्त र सञ्चिताको झण्डै दुई वर्ष पहिले चिनजान भएको र हाल प्रेमसम्वन्ध रहेको थियो । उनीहरुको नियमित भेटघाट हुनुका साथै विभिन्न ठाउँमा घुम्न जाने गरेका थिए । केही महिनाअघि मात्र प्रशान्तले कोठा खोजेर सञ्चितालाई राखेका थिए र भाडा आफैंले तिर्थे । उनी पनि सञ्चिताको कोठामा बस्ने र बेलाबेला खर्च दिने गरेका थिए ।
उनीहरुबीच असारमा विवाह गर्ने सल्लाह समेत भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । तर, सञ्चिता गर्भवती भइन् । प्रशान्तले बच्चालाई जन्म दिन चाहेका थिए । तर, सञ्चिताले आफूले बच्चा गर्भपतन गरेको बताएपछि उनीहरुबीच विवाद भयो ।
त्यही क्रममा प्रशान्तले घाँटी थिचेर हत्या गरेको खुलेको छ । हत्यापछि सञ्चिताको शव कोठामा छाडेर भागेका प्रशान्तलाई दोलखा प्रहरीको सहयोगमा पक्राउ गरिएको र आवश्यक कारबाहीका लागि गौशाला वृत्त पठाइएको अपराध महाशाखाले जनाएको छ ।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...












