मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाप्रति हुने यौन हिंसा नियन्त्रण गर्न कडा कानुनमा जोड

काठमाडौं, २५ जेठ । मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमजीवी महिलाप्रति कार्यस्थलमा हुने यौन हिंसा नियन्त्रण गर्न कडा कानुन निर्माण गर्नुपर्नेमा जोड दिइएको छ । महिला विकास कार्यालय र विश्वास नेपाल नामक सामाजिक संस्थाले संयुक्तरुपमा बुधबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा सहभागीले कानुनको अभावमा विभिन्न डान्स रेस्टुराँ तथा डान्स बारलगायत क्षेत्रमा आर्थिक प्रलोभन दिएर महिलामाथि यौन उत्पीडन हुने गरेको विचार व्यक्त गर्नुभएको छ ।
काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी ललित अधिकारीले त्यस क्षेत्रमा महिलामाथि हुने हिंसा तथा कामदारमाथि हुने शोषणको अन्त्यका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । महिला विकास कार्यालयका प्रमुख अधिकृत अनिता अधिकारीले दण्डहीनताका कारण सो क्षेत्रमा बालबालिका तथा महिला वर्गको अत्यधिक प्रयोग गरिने बताउँदै त्यसको नियमित नियमन तथा अनुगमन गरी त्यहाँ भएका विकृतिलाई अन्त्य गरी मर्यादित बनाउनुपर्नेमा जोड दिनुभयो ।
विश्वास नेपालका अध्यक्ष तारा भण्डारीले मनोरञ्जन क्षेत्रमा कार्य गर्दा पीडित भएका महिलालाई विभिन्न सहयोग आफ्नो संस्थाले उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो । सञ्चारकर्मी रुपा शर्माले काठमाडौँमा कति डान्स रेस्टुराँ तथा डान्स बार छन् ? कति कामदार छन् ? भनेर अनुसन्धान गर्दा विभिन्न धम्की आउने गरेकाले चुनौती रहेको औँल्याउनुभयो ।
विभिन्न दल निकट ट्रेड युनियन सङ्गठन, केन्द्रीय बाल कल्याण समिति तथा सुरक्षा निकायका प्रतिनिधिलगायतले रेस्टुराँ क्षेत्र शोषण र दुव्र्यवहारमुक्त गरी मर्यादित पेसाका रुपमा स्थापित गर्नुपर्ने सुझाव दिनुभयो ।
Comments
अरु समाचार
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
देउवा र कोइराला पक्ष कांग्रेसको विराटगरमा आज संगुक्त भेला
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहको कोशी प्रदेशस्तरीय संयुक्त भेला आज विराटनगरमा...
-
कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक गर्न असार ७ गतेसम्म मौका
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न नसकेका केही जिल्लाका लागि असार ७ गतेसम्मको मौका दिएको छ । सदस्यता...
-
मेरो फेभरेट देशले विश्वकप खेलेकै छैन: प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले फिफा विश्वकप फुटबलतर्फ संकेत गर्दै विश्वकपमा ‘फेभरेट’ देश नखेलेको बताएका छन् । शनिबार साँझ फेसबुकमा...
-
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको...












