झापामा ९ वर्षीया बालिकाको हत्या, हत्या आरोपमा दिदीसहित चार जना पक्राउ
झापा, २५ जे । झापाको दमक नगरपालिकामा धारिलो हतियार प्रहार गरी बुधबार साँझ एक बालिकाको हत्या भएको छ । दमक नगरपालिका–४ निवासी हेमकर्ण दाहालकी नौ वर्षीया छोरी गङ्गा दाहालको बुधबार साँझ ५ बजे हत्या भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए ।
विद्यालयबाट घर फर्किएलगत्तै उनको कञ्चटमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा राति शव फेला परेको प्रहरी नायब उपरीक्षक लिम्बूले बताए । ‘बालिकाको हत्या साँझमै भएको रहेछ,’ प्रहरी नायब उपरीक्षक लिम्बूले भने, ‘हामीले ढिलागरी खबर थाहा पायौँ, हत्यामा संलग्न भएको आशङ्कामा उनकै माइली दिदी १७ वर्षीया मञ्जु दाहालसहित चारजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौँ ।’
‘बुबा काम विशेषले बाहिर गएको र आमा पनि बजार गएको समयमा घरमा गङ्गा र उनकी दिदीमात्रै रहेको अवस्थामा बालिकाको हत्या भएको र आमा बजारबाट घर फर्किएपछि हामीलाई खबर भयो,’ प्रहरी नायब उपरीक्षक लिम्बूले भने । बालिका दमकको हिमालय माविमा कक्षा २ मा अध्ययनरत थिइन् । रासस
Comments
अरु समाचार
-
आज चार मन्त्री थपिँदै, शपथ पनि आजै
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज (शुक्रबार)मन्त्रिपरिषद् विस्तार गर्दैछिन् । कार्कीले चौंथो पटक मन्त्रिपरिषद विस्तार गर्न लागेकी हुन्...
-
वैशाखमा चुनाव गर्नुपरे पनि स्वाभाविक: महामन्त्री विश्वप्रकाश शर्मा !
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले २१ फागुनको निर्वाचन वैशाखमा सार्न प्रस्ताव गरेका छन् । शर्माले शुक्रबार सामाजिक सञ्जालमा...
-
एमाले सचिवालय बैठकमा आज विधान संशोधन प्रस्ताव लैजाने तयारी
काठमाडौ । महाधिवेशनको संघारमा रहेको नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । पार्टी मुख्यालय च्यासलमा दिउँसो १ बजे सचिवालय बैठक...
-
निर्वाचन आउन ८३ दिन बाँकी : जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन समिति गठन
काठमाडौं । निर्वाचन आयोगले जनसङ्ख्याका आधारमा समानुपातिकतर्फको प्रतिशत निर्धारणको प्रक्रिया अगाडि बढाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र, २०७४ ले...
-
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको भाउ हालसम्मकै...
-
एनपीएल-२ : विराटनगरलाई ४० रनको जित निकाल्दै लुम्बिनी फाइनलमा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ । दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनको जित निकाल्दै लुम्बिनी...
-
जाँचबुझ आयोगले तत्कालीन गृहसचिवसँग बयान लिँदै !
काठमाडौं । जेन–जी आन्दोलनका घटनामा जाँचबुझ गर्न गठन भएको आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीसँग आज बयान लिने भएको छ। आयोगले...
-
प्रतिनिधिसभा निर्वाचनको ६० प्रतिशत काम सम्पन्नः प्रमुख निर्वाचन आयुक्त
काठमाडाैं । निर्वाचन आयाेगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको कार्यातालिकाको...
-
प्रधानमन्त्री र पूर्वराष्ट्रपति भण्डारीबीच ओलीलाई गिरफ्तार गर्ने सल्लाह भएको महेश बस्नेतको दाबी
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरफ्तार...












