प्रहरीले पक्राउ गर्न खोज्दा कालीगण्डकीमा हाम फालेका युवकको खोजी माग गर्दै बागलुङ बन्द
बागलुङ, २५ जेठ । प्रहरी जाँचपछि पक्राउ गर्न खोज्ने क्रममा कालगण्डकी नदीमा हाम फालेका युवकको उद्धार तथा खोजीको माग गर्दै स्थानिय आन्दोलित भएका छन् । बागलुङको मालढुङ्गामा प्रहरी चेकपोष्टमा जाँचपछि प्रहरीले पक्राउ गर्न खोज्ने क्रममा कालीगण्डकी नदीमा हाम फालेर बागलुङको काठेखोला गाउँपालिका–८ कादेशका १८ वर्षका सुनिल पुन बेपत्ता भएका छन् । उनको उद्धार तथा खोजीमा प्रहरी प्रशासनले बेवास्ता गरेको भन्दै आफन्त आन्दोलित भएका हुन् ।
पोखराबाट बागलुङ तर्फ ट्याक्सीमा आउँदै गरेका पुन मंगलबार बेलुका नदीमा हाम फालेर बेपत्ता भएका थिए । घटनाको बिरोधमा बुधबार बागलुङ बन्द आव्हान गरिएको छ । आकस्मिक रुपमा बन्द आव्हान गरिएपछि बजार पसल बन्द हुन थालेका छन् भने बिभिन्न स्थानमा जाने र बजार भित्रिने सवारी साधन र यात्रुहरु अलपत्र परेका छन् । उनीहरुले बुधबार पनि दिउँसो १ बजेदेखि बागलुङ–पर्वत सडक खण्ड अवरुद्ध गरेका थिए ।
प्रहरीले मालढुङ्गा चेकपोष्टमा पुग्दै गर्दा लागुपदार्थ दुव्र्यसनीमा संलग्न भएको आंशकामा सोधपुछ गर्न थाले पछि पुन ट्याक्सीबाट निक्लेर भागेका थिए । भाग्ने क्रममा प्रहरी र म्यादी प्रहरीले पछ्याएपछि आत्तिएर नदीमा हाम फालेका पुनको निरन्तर खोजी गरिए पनि फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।
Comments
अरु समाचार
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
देउवा र कोइराला पक्ष कांग्रेसको विराटगरमा आज संगुक्त भेला
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहको कोशी प्रदेशस्तरीय संयुक्त भेला आज विराटनगरमा...
-
कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक गर्न असार ७ गतेसम्म मौका
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न नसकेका केही जिल्लाका लागि असार ७ गतेसम्मको मौका दिएको छ । सदस्यता...
-
मेरो फेभरेट देशले विश्वकप खेलेकै छैन: प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले फिफा विश्वकप फुटबलतर्फ संकेत गर्दै विश्वकपमा ‘फेभरेट’ देश नखेलेको बताएका छन् । शनिबार साँझ फेसबुकमा...
-
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको...












