डिसीए अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको उपाधी ऐश्वर्या विद्या निकेतनलाई

धनगढी, २५ जेठ । धनगढीमा सम्पन्न डिसीए अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको उपाधी ऐश्वर्या विद्या निकेतनले जितेको छ । बिहीबार भएको फाईनल खेलमा लिटिल फ्लोरस्कुललाई ४ विकेटले पराजित गर्दै ऐश्वर्याले उपाधी जितेको हो । उपाधीसँगै ऐश्वर्या विदा निकेतनले नगद ३० हजार तथा उप विजेता बनेको लिटिल फ्लोरले १५ हजार नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।
आज भएको फाईनलमा टस जितेर व्याटिङ गरेको लिटिल फ्लोवर ईङ्लिस बोर्डिङ स्कुलले १५ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ५० रन मात्रै बनाउन सक्यो । ५१ रनको विजयी लक्ष्य सहित मैदान उत्रिएको ऐश्वर्या विद्या निकेतनले ११ दशमलव ५ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य भेटायो । ऐश्वर्याका लागी कप्तान विरेन्द्र महतले ३६ बलमा १६ रनको योगदान दिए ।
बलिङमा लिटिलका आभास खड्काले १ दशमलव ५ ओभरमा ८ रन दिँदै ३ विकेट लिए । म्यान अफ द म्याच ऐश्वर्याका लोकेश हमाल भए । यस्तै प्रतियोगितामा म्यान अफ द सिरीजको पुरस्कार ग्ली एकेडेमीका पदम बोहरा, बेष्ट बलर ऐश्वर्याका लोकेश हमाल, राईजिङ प्लेयर ग्लीका निराजन राणा र बेष्ट ब्याट्सम्यान एक्सीस वृद्धाआश्रमका अमृत रावलले पाएका छन् ।
Comments
अरु समाचार
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
आईसीसी महिला टी–२० विश्वकप क्रिकेट : जित्नैपर्ने दबाबमा नेपालले स्कटल्यान्डसँग भिड्दै
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपालले आज आफ्नो अन्तिम तथा निर्णायक खेलमा स्कटल्यान्डसँग खेल्दैछ । कीर्तिपुरको...
-
बंगलादेश टी-२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने
काठमाडाैं सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा बंगलादेश सहभागी नहुने भएको छ। भारत र श्रीलंकामा हुने प्रतियोगितामा आफ्ना खेलाडी पठाउन...
-
नेपाली क्रिकेट टोली श्रीलंका ‘ए’सँग आज तेस्रो टी–२० अभ्यास खेल खेल्दै !
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीमा जुटेको नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँग आज तेस्रो तथा अन्तिम अभ्यास टी–२०...
-
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित
काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित...
-
आईसीसी महिला टी–२० विश्वकप छनोट : नेपाल थाइल्यान्डसँग पराजित
काठमाडौं । काठमाडौंमा आइतबारदेखि सुरु भएको आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको आफ्नो पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ।...
-
आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोलीको बिदाइ
काठमाडौं । आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी हुन जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको...
-
आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि नेपालको जर्सी सार्वजनिक !
काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा नेपाली टोलीले लगाउने जर्सी सार्वजनिक गरिएको छ। सोमबार साँझ काठमाडौंमा आयोजित विशेष...
-
आईसीसी टी–२० विश्वकप ट्रफी वसन्तपुर, बौद्धनाथ र पोखरामा प्रदर्शनी हुने
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको ट्रफी नेपालका प्रमुख पर्यटकीय तथा धार्मिक स्थलहरूमा प्रदर्शन गरिने भएको छ। ट्रफी काठमाडौंको वसन्तपुर...











