डिसीए अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको उपाधी ऐश्वर्या विद्या निकेतनलाई

धनगढी, २५ जेठ । धनगढीमा सम्पन्न डिसीए अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको उपाधी ऐश्वर्या विद्या निकेतनले जितेको छ । बिहीबार भएको फाईनल खेलमा लिटिल फ्लोरस्कुललाई ४ विकेटले पराजित गर्दै ऐश्वर्याले उपाधी जितेको हो । उपाधीसँगै ऐश्वर्या विदा निकेतनले नगद ३० हजार तथा उप विजेता बनेको लिटिल फ्लोरले १५ हजार नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।
आज भएको फाईनलमा टस जितेर व्याटिङ गरेको लिटिल फ्लोवर ईङ्लिस बोर्डिङ स्कुलले १५ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ५० रन मात्रै बनाउन सक्यो । ५१ रनको विजयी लक्ष्य सहित मैदान उत्रिएको ऐश्वर्या विद्या निकेतनले ११ दशमलव ५ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य भेटायो । ऐश्वर्याका लागी कप्तान विरेन्द्र महतले ३६ बलमा १६ रनको योगदान दिए ।
बलिङमा लिटिलका आभास खड्काले १ दशमलव ५ ओभरमा ८ रन दिँदै ३ विकेट लिए । म्यान अफ द म्याच ऐश्वर्याका लोकेश हमाल भए । यस्तै प्रतियोगितामा म्यान अफ द सिरीजको पुरस्कार ग्ली एकेडेमीका पदम बोहरा, बेष्ट बलर ऐश्वर्याका लोकेश हमाल, राईजिङ प्लेयर ग्लीका निराजन राणा र बेष्ट ब्याट्सम्यान एक्सीस वृद्धाआश्रमका अमृत रावलले पाएका छन् ।
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












