मध्य रातमा बन्चरो प्रहार गरी छिमेकीको हत्या, घाँटि काटिएको थाहा नहुँदा धामी बोलाईयो
पाँचथर, २६ जेठ । पाँचथरमा बन्चरो प्रहार गरी एक जनाको हत्या गरिएको छ । फिदिम १ साब्राङका ६४ वर्षका भिमबहादुर केरुङको छिमेकीले बन्चरो प्रहार गरी हत्या गरेका हुन् । छिमेकी चन्द्र भनिने विनय नेम्बाङले घाँटिमा बन्चरो प्रहार गरी बिहीबार राति केरुङको हत्या गरिएको पाँचथर प्रहरीले जनाएको छ ।
विनयले भिमबहादुरको घरमा सुतिरहेकी आफ्नी श्रीमतीलाई आफू चुरोट किन्न पसल जाने भन्दै राति १२ बजे बोलाएका थिए । चुरोट किन्न भनेर राति घरबाट निस्किएका विनयले भिमबहादुरको घाँटीमा बन्चरो प्रहार गरि हत्या गरेको पाँचथरका प्रहरी नायब उपरीक्षक नकुल पोख्रेलले जानकारी दिए ।
बन्चरो प्रहारबाट गम्भीर घाइते भएका भिमबहादुर छटपटाएपछि मात्र उनकी श्रीमतीले थाहा पाएको र उठेर हेर्दा श्रीमानको मुखबाट रगत बगेको देखेपछि छोरालाई धामी बोलाएर झारफुक गर्न लगाउँदा मात्र केरुङको घाँटी काटिएको थाहा पाएका थिए । घाँटी काटिएको थाहा पाएपछि उपचारका लागि अस्पताल लैजादै गर्दा अत्यधिक रगत बगेर भिमबहादुरको ज्यान गएको प्रहरी नायव उपरीक्षक पोख्रेलले बताए ।
बन्चरो प्रहार गरेर विनय भिमबहादुरको घर छेउमा रहेको पसलमा गएर चुरोट माग्दै कराएका थिए । तर, पसल नखुलेपछि उनी फर्किएका र त्यतिनैखेर पसलवालाले छिमेकमा हो हल्ला सुनेपछि भिमबहादुरलाई बन्चरो प्रहार भएको खुलेको थियो । केरुङको घर छेउमा हत्या गर्न प्रयोग गरिएको बन्चरो र रगत लागेको टिसर्ट प्रहरीले फेला पारेको छ ।
घटनामा संलग्न विनयलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । उनले हत्या गरेको स्वीकारे पनि हत्याको कारणबारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक पोख्रेलले बताए । रक्सी खाएर घरमा गएर विनयले आफ्नी श्रीमतीलाई कुटपिट गर्न थालेपछि पहिले पनि विनयकी श्रीमती छिमेकी भिमबहादुरको घरमा आएर सुत्ने गरेको प्रहरीले जनाएको छ ।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...












