२० वर्षीया ओस्टापेन्कोले ग्राण्डस्लाम च्याम्पियन जित्दै इतिहास रचिन
काठमाडौं, २८ जेठ । २० वर्षीया जेलेना ओस्टापेन्कोले ग्राण्डस्लाम फ्रेन्च ओपनको उपाधि जितेर इतिहास रचेकी छन् । शनिवार भएको फाईनल खेलमा लात्भियाकी जेलेनाले रोमानियाकी सिमोना हालेपलाई ४-६, ६-४ र ६-३ को सेटमा पराजित गर्दै उपाधी जितेकी हुन् । ओस्टापेन्कोले ५४ औं ग्राण्डस्लाम बिजेताको रुपमा आफ्नो सपना पूरा गरिन् ।
‘मलाई हमेसा यो मौका थियो कि मैले बललाई निक्कै मुस्किलले प्रहार गर्न सक्छु ।’ ओस्टापेन्कोले भनिन्, ‘यदि मैले यस्ता सटका लागि मौका पाएँ भने म अवश्य कोसिस गर्नेछु ।’ उनी सन् १९३३ पछि फ्रेन्च ओपन जित्ने उनी पहिलो बिना बरियाताकी खेलाडी हुन् ।
टेनिसका प्रमुख चार प्रतियोगितामा उनको यो आठौं सहभागिता थियो । २००४ मा विम्बल्डनको उपाधि जितेर, थोरै सहभागितामा मूख्य उपाधि जित्नेमा रुसी सुन्दरी मारिया सारापोभा पहिलो नम्बरमा पर्छिन । प्रतियोगिता सुरु हुनुअघि उनको उपाधि जित्ने सम्भावना १०० मा १ थियो । शानदार फाइनलपछि उनी विश्व वरियाताको ४७ औं स्थानबाट १२ औं स्थानमा पुगेकी छन् ।
उनले सात खेलमा २९९ विनिङ प्वाइन्ट लिएकी थिइन्, जसले रोनाल्ड ग्यारोसमा उपस्थितहरुको ध्यान आकषिर्त गरेको थियो र उनीहरुले शनिबारकाृ जितमा उनलाई खुलेर साथ दिए । ‘कसैले मलाई सिकाएको छैन, सिर्फ म जुन तरिकाले खेल्छु लाग्छ, मेरो चरित्र नै यस्तै हो । वास्तवमै म बललाई प्रहार गर्न चाहन्छु ।’ ओस्टापेन्कोले भनिन् ।
फ्रेन्च ओपनको फाइनलमा पुग्ने क्रममा ओस्टापेन्कोले ओलम्पिक च्याम्पियन मोनिका पिग, पूर्व फाइनलिष्ट साम स्तोसर, पूर्व नम्बर एक क्यारोलिन वाज्नियाकी, दुई पटककी सेमिफाइनलिष्ट तिमिया बाक्सिन्स्कीलाई हराइन् ।
तर २०१४ कि उपबिजेता, हलेपबिरुद्धको फाइनलको अन्तिम क्षणसम्म पनि यी लात्भियाली सुन्दरीले सोचेकी थिइनन् कि उपाधि आफूले जित्छु भनेर । ‘मेरो बिचारमा तेस्रो सेटमा ५-३ को अग्रता लिएपछि मात्र मैले सोच्न थालेँ कि म उपाधि जित्न सक्छु ।’ उनले भनिन्, ‘त्यसभन्दा अघि त मैले सोचेकै थिइनँ, म मात्र एक एक स्टेप गरी अघि बढिरहेँ ।’
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...












