२० वर्षीया ओस्टापेन्कोले ग्राण्डस्लाम च्याम्पियन जित्दै इतिहास रचिन
काठमाडौं, २८ जेठ । २० वर्षीया जेलेना ओस्टापेन्कोले ग्राण्डस्लाम फ्रेन्च ओपनको उपाधि जितेर इतिहास रचेकी छन् । शनिवार भएको फाईनल खेलमा लात्भियाकी जेलेनाले रोमानियाकी सिमोना हालेपलाई ४-६, ६-४ र ६-३ को सेटमा पराजित गर्दै उपाधी जितेकी हुन् । ओस्टापेन्कोले ५४ औं ग्राण्डस्लाम बिजेताको रुपमा आफ्नो सपना पूरा गरिन् ।
‘मलाई हमेसा यो मौका थियो कि मैले बललाई निक्कै मुस्किलले प्रहार गर्न सक्छु ।’ ओस्टापेन्कोले भनिन्, ‘यदि मैले यस्ता सटका लागि मौका पाएँ भने म अवश्य कोसिस गर्नेछु ।’ उनी सन् १९३३ पछि फ्रेन्च ओपन जित्ने उनी पहिलो बिना बरियाताकी खेलाडी हुन् ।
टेनिसका प्रमुख चार प्रतियोगितामा उनको यो आठौं सहभागिता थियो । २००४ मा विम्बल्डनको उपाधि जितेर, थोरै सहभागितामा मूख्य उपाधि जित्नेमा रुसी सुन्दरी मारिया सारापोभा पहिलो नम्बरमा पर्छिन । प्रतियोगिता सुरु हुनुअघि उनको उपाधि जित्ने सम्भावना १०० मा १ थियो । शानदार फाइनलपछि उनी विश्व वरियाताको ४७ औं स्थानबाट १२ औं स्थानमा पुगेकी छन् ।
उनले सात खेलमा २९९ विनिङ प्वाइन्ट लिएकी थिइन्, जसले रोनाल्ड ग्यारोसमा उपस्थितहरुको ध्यान आकषिर्त गरेको थियो र उनीहरुले शनिबारकाृ जितमा उनलाई खुलेर साथ दिए । ‘कसैले मलाई सिकाएको छैन, सिर्फ म जुन तरिकाले खेल्छु लाग्छ, मेरो चरित्र नै यस्तै हो । वास्तवमै म बललाई प्रहार गर्न चाहन्छु ।’ ओस्टापेन्कोले भनिन् ।
फ्रेन्च ओपनको फाइनलमा पुग्ने क्रममा ओस्टापेन्कोले ओलम्पिक च्याम्पियन मोनिका पिग, पूर्व फाइनलिष्ट साम स्तोसर, पूर्व नम्बर एक क्यारोलिन वाज्नियाकी, दुई पटककी सेमिफाइनलिष्ट तिमिया बाक्सिन्स्कीलाई हराइन् ।
तर २०१४ कि उपबिजेता, हलेपबिरुद्धको फाइनलको अन्तिम क्षणसम्म पनि यी लात्भियाली सुन्दरीले सोचेकी थिइनन् कि उपाधि आफूले जित्छु भनेर । ‘मेरो बिचारमा तेस्रो सेटमा ५-३ को अग्रता लिएपछि मात्र मैले सोच्न थालेँ कि म उपाधि जित्न सक्छु ।’ उनले भनिन्, ‘त्यसभन्दा अघि त मैले सोचेकै थिइनँ, म मात्र एक एक स्टेप गरी अघि बढिरहेँ ।’
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












