मोटर हाँकेर जर्मनी जान लागेका राजदूत मायरले भने–“बिदा मिलाएर घुम्न आउँछु”
भीमदत्तनगर, २९ जेठ । रासस आफ्नो कार्यकाल पूरा गरी मोटरकार हाँकेर जर्मनी जान लाग्नुभएका नेपालका लागि जर्मनी राजदूत माथियस मायरले बिदाको समय मिलाएर पश्चिम नेपालका पर्यटकीयस्थल घुम्न आउने बताए ।
नेपालको कूटनीतिक इतिहासमा पहिलोपटक राजदूत मायरले आफ्नो कार्यकाल पूरा गरी झन्डै ११ हजार किलोमिटरको लामो स्थलयात्रा गर्ने क्रममा आइतबार साँझ कञ्चनपुरको भीमदत्तनगर पुग्नुभएका उनले नेपालमा पर्यटकीय सम्भावना बोकेका स्थलहरु धेरै रहेको बताए ।
गाउँबस्ती घुम्ने रहर र सवारी ट्राफिक कम हुने भएकाले आफूले मोटरकारमै जर्मनी जाने निधो गरेको उहाँले बताए । आइतबार साँझ बसाईका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको शुक्लाफाँटा कटेज पुगेका राजदूत मायरले शुक्लाफाँटा, झोलुङ्गे पुल, जुम्ला, रारालगायतका पर्यटकीयस्थल घुम्नका लागि बिदा लिएर आउने बताए । उनले मुस्ताङ र मनाङलगायतका क्षेत्रमा भ्रमण गरेको स्मरण गर्दै यहाँको कला संस्कृतिको विविधताले आफूलाई लोभ्याएको बताए ।
“मलाई शान्तपूर्ण वातावरणमा बस्ती घुम्दै नयाँ मान्छेसँग परिचय गर्दै गफिन मन पर्छ ।” तीन वर्ष कार्यकाल सकेर स्वदेश फर्किदै गर्नुभएका राजदूतले भने– “त्यै भएर पनि मैले स्थलमार्गबाट स्वदेश फर्किने निधो गरेको हुँ” “सधैँ विमानमा मात्रै कति आवतजावत गर्ने ? उनले प्रश्न गरे ।” उनी आज बिहान पश्चिमी नाका गड्डाचौकी हुँदै भारततर्फ प्रस्थान गरेका छन् । भारतबाट पाकिस्तान–इरान–टर्की हुँदै युरोपेली देश प्रवेश गर्ने उनले बताए ।
नेपालको पर्यटकीय विकासका लागि जर्मनीको निरन्तर साथ र सहयोग रहने उनले बचन दिए । “लामो यात्राले थकित भएकाले शुक्लाफाँटा र महाकाली नदीको झोलुङ्गे पुल हेर्न जान सकिन ।” उनले भने “कर्मचारी भएपछि सरुवा हुने, अर्को आउने चक्र नै हो ।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...












