होमवर्क नगरेको भन्दै शिक्षकको कुटाईबाट आधा दर्जन विद्यार्थी घाइते
कञ्चनपुर, २९ जेठ । होमवर्क नगरेको भन्दै कञ्चनपुरमा शिक्षकले कुट्दा ६ विद्यार्थी घाइते भएका छन् । होमवर्क नगरेको भन्दै लालझाडीको पथरियास्थित स्वतन्त्र माध्यमिक विद्यालयका गणित र विज्ञान विषय शिक्षक नवराज अवस्थीले विद्यार्थीहरुलाई कुटपिट गरेका हुन् ।
शिक्षक अवस्थीले गणित विषयको गृहकार्य नगरेको भन्दै कक्षा १० मा अध्यनरत विद्यार्थीलाई कुटपिट गरेको लालझाडी इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक कटक कुँवरले जानकारी दिए । शिक्षक अवस्थीको कुटाईबाट कक्षा १० मा अध्ययनरत विद्यार्थी अस्मिता राना, संगीता राना, सुनीता राना, मनिषा चौधरी, प्रेम सागर राना र किरण राना घाइते भएका छन् ।
निर्घात कुटपिटबाट गम्भीर घाइते संगीता, प्रेमसागर, अस्मिता र सुनीताको लालझाडी स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि धनगढी रिफर गरिएको छ । विद्यार्थीलाई कुटपिट गर्ने शिक्षक अवस्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यसका विषयमा आवश्यक छलफल गर्न विद्यालयले आज विद्यालय व्यवस्थापन समिति र अभिभावकहरुको बैठक बोलाएको छ ।
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
प्रतिनिधि सभा निर्वाचनमा ६० प्रतिशत मत खसेकाे आयोगको औपचारिक घोषणा
काठमाडौं । निर्वाचन आयोगले बिहीबार भएको प्रतिनिधि सभाको निर्वाचनमा करिब ६० प्रतिशत मतदान भएको जनाएको छ। आयोगका कार्यवाहक प्रमुख रामप्रसाद...
-
खाडी देशमा रहेका झन्डै १६ हजार नेपालीहरूको विवरण सङ्कलन
काठमाण्डौ । खाडी देशहरुमा चलिरहको युद्धपछि सरकारले त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे नियमित रूपमा विवरण सङ्कलनको काम गरिरहेको छ । परराष्ट्र...
-
उत्साहपूर्वक मतदान जारी, ६५ प्रतिशत मत खस्ने आयोगको अनुमान
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी रहेको बताएका छन् । मतदान गरेपछि...
-
काठमाडौंमा मतदान गरेर हेलिकोप्टरबाट झापा गए बालेन
काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) झापा प्रस्थान गरेका छन् । त्रिभुवन विमानस्थल प्रहरी स्रोतका अनुसार उनी केहीबेरअघि...
-
प्रधानमन्त्री कार्कीले धापासी मतदान केन्द्र पुगेर गरिन् मतदान
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन् । बिहीबार बिहानै काठमाडौँको टोखा नगरपालिका धापासीस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेकी...
-
प्रतिनिधिसभा निर्वाचन : छमध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
काठमाडौं । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा अन्य पाँच प्रकारका कागजातका आधारमा मतदान...
-
चुनाव बिथोल्ने कुनै तत्व छैन, ढुक्क भएर मतदान गर्नुस्ः निर्वाचन आयोग
काठमाडौं । निर्वाचन आयोगले चुनाव बिथोल्ने कुनै तत्व नरहेको उल्लेख गर्दै ढुक्क भएर मतदान गर्न आग्रह गरेको छ ।निर्वाचन आयोगका...
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...











