भित्तामा ठोक्किएर बस दुर्घटना, ११ महिने शिशुको झ्यालबाट उछिट्टिएर मृत्यु, ५ घाइते
खोटाङ, ३० जेठ । खोटाङमा बस दुर्घटना हुँदा ११ महिने एक शिशुको ज्यान गएको छ । सदरमुकाम दिक्तेलबाट यात्रु लिएर जयरामतर्फ जाँदै गरेको बा २ ख ७०७१ नम्बरको बस सोमबार राति हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा जयराममा भित्तामा ठोक्किँदा रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका शिशु अजित बिश्वकर्माको घटनास्थलमै ज्यान गएको हो ।
मध्यपहाडी यातायात व्यवसायी संघमा आवद्ध बस जयरामघाटभन्दा एक किलोमिटर माथि रहेको मोडको भित्तामा ठोक्किँदा काखको शिशु झ्यालबाटै उछिट्टिएर ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नबिनकिशोर प्रधानले जानकारी दिए ।
दुर्घटनामा रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका ३२ वर्षकी मनकला राई, ३० वर्षकी अनु राई, १४ महिने नयन राई, २१ महिने समनिया राई गम्भीर घाईते भएका छन् । यस्तै, दुर्घटनामा ३३ वर्षका कृष्णबहादुर राई पनि घाइते भएको प्रहरीचौकी च्यास्मीटारले जनाएको छ । घाइतेको कटारी, धरान लगायतका विभिन्न स्वास्थ्य संस्थामा उपचार भईरहेको छ । दुर्घटना लगत्तै बसका चालक आकाश मगर फरार रहेको प्रहरीले जनाएको छ ।
Comments
अरु समाचार
-
आज चार मन्त्री थपिँदै, शपथ पनि आजै
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज (शुक्रबार)मन्त्रिपरिषद् विस्तार गर्दैछिन् । कार्कीले चौंथो पटक मन्त्रिपरिषद विस्तार गर्न लागेकी हुन्...
-
वैशाखमा चुनाव गर्नुपरे पनि स्वाभाविक: महामन्त्री विश्वप्रकाश शर्मा !
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले २१ फागुनको निर्वाचन वैशाखमा सार्न प्रस्ताव गरेका छन् । शर्माले शुक्रबार सामाजिक सञ्जालमा...
-
एमाले सचिवालय बैठकमा आज विधान संशोधन प्रस्ताव लैजाने तयारी
काठमाडौ । महाधिवेशनको संघारमा रहेको नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । पार्टी मुख्यालय च्यासलमा दिउँसो १ बजे सचिवालय बैठक...
-
निर्वाचन आउन ८३ दिन बाँकी : जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन समिति गठन
काठमाडौं । निर्वाचन आयोगले जनसङ्ख्याका आधारमा समानुपातिकतर्फको प्रतिशत निर्धारणको प्रक्रिया अगाडि बढाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र, २०७४ ले...
-
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको भाउ हालसम्मकै...
-
एनपीएल-२ : विराटनगरलाई ४० रनको जित निकाल्दै लुम्बिनी फाइनलमा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ । दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनको जित निकाल्दै लुम्बिनी...
-
जाँचबुझ आयोगले तत्कालीन गृहसचिवसँग बयान लिँदै !
काठमाडौं । जेन–जी आन्दोलनका घटनामा जाँचबुझ गर्न गठन भएको आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीसँग आज बयान लिने भएको छ। आयोगले...
-
प्रतिनिधिसभा निर्वाचनको ६० प्रतिशत काम सम्पन्नः प्रमुख निर्वाचन आयुक्त
काठमाडाैं । निर्वाचन आयाेगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको कार्यातालिकाको...
-
प्रधानमन्त्री र पूर्वराष्ट्रपति भण्डारीबीच ओलीलाई गिरफ्तार गर्ने सल्लाह भएको महेश बस्नेतको दाबी
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरफ्तार...












