यमनसँग नेपाल गोलरहित बराबरीमा, यमनको दुई खेलबाट ४ र नेपालको १ अंक मात्रै
काठमाडौं, ३० जेठ । एएएफसी एसियन कप फुटबल २०१९ को छनौट चरणअन्तर्गत यमनसँगको खेलमा नेपाल बराबरीमा रोकिएको छ । सशस्त्र प्रहरी बलको खेल मैदान हल्चोकमा आज भएको खेलमा नेपालले गोल गर्ने केही मौका सिर्जना गरेपनि गोल गर्न भने सकेन र यमनसँग गोलरहित बराबरीमा रोकियो । बराबरीपछि समूह ‘एफ’ मा रहेको नेपाल र यमनले अंक बाँडेका छन् ।
एसियन कप छनौटमा समूह ‘एफ’ मा रहेको नेपालको यो दोस्रो खेल हो । यसअघि गएको मार्च २८ मा भएको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग ४–१ ले पराजित भएको थियो । समूह ‘एफ’ मा नेपाल र यमनसँगै फिलिपिन्स र ताजकिस्तान छन् । पहिलो खेलमा ताजकिस्तानलाई २–१ ले हराएको यमन आजको खेलमा नेपालसँग बराबरी गरेपछि दुई खेलबाट चार अंक जोड्न सफल भएको छ । नेपालको भने दुई खेलबाट एक अंक मात्रै भएको छ ।
सन् २०१९ को जनवरी ५ देखि फेब्रुअरी १ सम्म संयुक्त अरब इमिरेट्स (युएई) मा हुने एएफसी एसियन कपमा २४ टिमको सहभागिता रहने छ । अहिलेसम्म प्रतियोगिताका लागि १२ टिम यसअघि नै छनौट भएका छन् । नेपालसहित २४ देश प्रतियोगिताका लागि छनौट हुने थप १२ टिममा पर्नका लागि अहिले प्रतिस्पर्धामा छन् । यो तेस्रो चरणको छनौट प्रतिस्पधा हो । २४ टिमलाई ६ समूहमा विभाजन गरिएको छ ।
नेपाल रहेको समूह ‘एफ’ मा यमन, फिलिपिन्स र काजकिस्तान छन् । समूह ‘ए’ मा भारत, किर्गिस्तान, म्यानमार र मकाउ, समूह ‘बी’ मा लेबनान, उत्तर कोरिया, मलेसिया र हङकङ, समूह ‘सी’ मा जोर्डन, भियतनाम, अफगानिस्तान र कम्बोडिया, समूह ‘डी’ मा ओमन, प्यालेस्टाइन, माल्दिभ्स र भुटान तथा समूह ‘इ’ मा तुर्किमेनिस्तान, चाइनिज ताइपेइ, बहराइन र सिंगापुर छन् ।
यो चरणमा समूहको शीर्ष दुई स्थानमा रहने टिम एएफसी एसियन कपका लागि छनौट हुनेछन् । अहिलेसम्म युएई, कतार, दक्षिण कोरिया, जापान, थाइल्याण्ड, साउदी अरेबिया, अस्ट्रेलिया, उज्वेकिस्तान, इरान, सिरिया, इराक र चीन प्रतियोगिताका लागि छनौट भएका छन् ।
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...












