यमनसँग नेपाल गोलरहित बराबरीमा, यमनको दुई खेलबाट ४ र नेपालको १ अंक मात्रै
काठमाडौं, ३० जेठ । एएएफसी एसियन कप फुटबल २०१९ को छनौट चरणअन्तर्गत यमनसँगको खेलमा नेपाल बराबरीमा रोकिएको छ । सशस्त्र प्रहरी बलको खेल मैदान हल्चोकमा आज भएको खेलमा नेपालले गोल गर्ने केही मौका सिर्जना गरेपनि गोल गर्न भने सकेन र यमनसँग गोलरहित बराबरीमा रोकियो । बराबरीपछि समूह ‘एफ’ मा रहेको नेपाल र यमनले अंक बाँडेका छन् ।
एसियन कप छनौटमा समूह ‘एफ’ मा रहेको नेपालको यो दोस्रो खेल हो । यसअघि गएको मार्च २८ मा भएको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग ४–१ ले पराजित भएको थियो । समूह ‘एफ’ मा नेपाल र यमनसँगै फिलिपिन्स र ताजकिस्तान छन् । पहिलो खेलमा ताजकिस्तानलाई २–१ ले हराएको यमन आजको खेलमा नेपालसँग बराबरी गरेपछि दुई खेलबाट चार अंक जोड्न सफल भएको छ । नेपालको भने दुई खेलबाट एक अंक मात्रै भएको छ ।
सन् २०१९ को जनवरी ५ देखि फेब्रुअरी १ सम्म संयुक्त अरब इमिरेट्स (युएई) मा हुने एएफसी एसियन कपमा २४ टिमको सहभागिता रहने छ । अहिलेसम्म प्रतियोगिताका लागि १२ टिम यसअघि नै छनौट भएका छन् । नेपालसहित २४ देश प्रतियोगिताका लागि छनौट हुने थप १२ टिममा पर्नका लागि अहिले प्रतिस्पर्धामा छन् । यो तेस्रो चरणको छनौट प्रतिस्पधा हो । २४ टिमलाई ६ समूहमा विभाजन गरिएको छ ।
नेपाल रहेको समूह ‘एफ’ मा यमन, फिलिपिन्स र काजकिस्तान छन् । समूह ‘ए’ मा भारत, किर्गिस्तान, म्यानमार र मकाउ, समूह ‘बी’ मा लेबनान, उत्तर कोरिया, मलेसिया र हङकङ, समूह ‘सी’ मा जोर्डन, भियतनाम, अफगानिस्तान र कम्बोडिया, समूह ‘डी’ मा ओमन, प्यालेस्टाइन, माल्दिभ्स र भुटान तथा समूह ‘इ’ मा तुर्किमेनिस्तान, चाइनिज ताइपेइ, बहराइन र सिंगापुर छन् ।
यो चरणमा समूहको शीर्ष दुई स्थानमा रहने टिम एएफसी एसियन कपका लागि छनौट हुनेछन् । अहिलेसम्म युएई, कतार, दक्षिण कोरिया, जापान, थाइल्याण्ड, साउदी अरेबिया, अस्ट्रेलिया, उज्वेकिस्तान, इरान, सिरिया, इराक र चीन प्रतियोगिताका लागि छनौट भएका छन् ।
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












