छोरी पहिलो पटक महिनावारी हुँदा बधाई दिने पहिलो आमा !

काठमाडौं, २ असार । हाम्रो समाजमा ‘महिनावारी’ लाई अझै पनि अन्धविश्वासका रुपमा लिईन्छ । त्यो पनि विशेषगरी पश्चिम क्षेत्रको पहाडी जिल्लाहरुमा महिनावारी हुँदा बार्ने चलन यथावत छ । आफ्ना छोरी चेली महिनावारी हुँदा घरभन्दा टाढा राख्ने वा अरु कुनै पनि पुरुषहरुले नदेख्ने गरी लुकाउने चलन छ । अर्को कुरा महिनावारी हुँदाका बखत अरुलाई छुनु हुन्न भन्ने मान्यता पनि हाम्रै समाज देख्न पाईन्छ ।
त्यत्तिसम्म मात्रै हो र कुनै कुनै क्षेत्रमा महिनावारी भएका बेला बस्नलाई भनेर छुट्टै छाउपडी गोठ नै बनाईन्छन् । हाम्रो समाजमा अझै पनि महिनावारी भनेको महिलाको प्राकृतिक प्रजजन प्रक्रिया हो भन्ने कुरा जानकारी नभए वा जानेर पनि बुझ पचाएको यो कुरा बुझ्न सकिएको छैन् । यसविषयमा रोचक कुरा त के छ भने महिनावारीका विषयमा स्वयम महिलाहरु नै अन्धविश्वासमा रोमलिन्छन् ।
यी सवै कुरालाई तिरस्कार गर्दै यस्ता पनि आमाहरु छन् । जो महिनावारीलाई सामान्य लिन्छन् । यस्तैको भिडमा एक आमा राधिका सापकोटाले आफ्नी छोरी पहिलो पटक महिनावारी हुँदा सार्वजनिक रुपमै बधाई दिएकी छन् ।
उनी अहिले सम्म हाम्रो समाजकी यस्ती नमुना आमा बनेकी छन्, आफ्नो छोरी पहिलो पटक महिनावारी हुँदा खुशी व्यक्त गर्दै त्यो आफ्नो खुशी सबैसँग साटेकी छन् । उनले सामाजिक सञ्जाल मार्फत छोरीलाई बधाई दिएकी छन् ।
उनले छोरीलाई बधाई दिँन्दै भनेकी छन्, ‘बधाई छ छोरी तिमीलाई, आज तिमी पहिलो पटक महिनावारी भएकी छौ । आजदेखि तिमी महिलाहरूको सबैभन्दा ठूलो शक्ति प्रजनन्का लागि सक्षम भएकी छौ । आज तिम्रो यौनाङ्गबाट बगेको रगत तिमिले गरेको कुनै पाप होइन, शक्ति हो । त्यसैले यसमा गर्व गर ।’ हो हाम्रो समाजलाई महिनावारीका विषयमा उत्पन्न अन्धविश्वास जरैदेखि हटाउन यस्तै आमाहरुको खाँचो छ । यस्तै महिलाहरुको खाँचो छ, जसले समाज बदल्न आफैबाट तथा आफ्नै घरबाट सुरुवात गर्दछन् ।
Comments
अरु समाचार
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
देउवा र कोइराला पक्ष कांग्रेसको विराटगरमा आज संगुक्त भेला
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहको कोशी प्रदेशस्तरीय संयुक्त भेला आज विराटनगरमा...
-
कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक गर्न असार ७ गतेसम्म मौका
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न नसकेका केही जिल्लाका लागि असार ७ गतेसम्मको मौका दिएको छ । सदस्यता...
-
मेरो फेभरेट देशले विश्वकप खेलेकै छैन: प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले फिफा विश्वकप फुटबलतर्फ संकेत गर्दै विश्वकपमा ‘फेभरेट’ देश नखेलेको बताएका छन् । शनिबार साँझ फेसबुकमा...
-
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको...












