प्रचण्डको नयाँ खुलासा : वीरेन्द्रसँग वार्ताको प्रयास हुँदै गर्दा दरबार हत्याकाण्ड
काठमाडौं, ७ असार । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजा वीरेन्द्रसँग वार्ताको प्रयास भइरहेकै वेला दरबार हत्याकाण्ड भएको खुलासा गरेका छन् । ‘पार्टी (माओवादी)का तर्फबाट धीरेन्द्रसँग वार्ता भएकै थियो । वीरेन्द्रसँग पनि कसरी जाने भन्ने छलफल भइरहेको वेला १९ जेठमा उनको परिवारकै हत्या हुन पुग्यो,’ नेपाल पत्रकार महासंघका महासचिव उजिर मगरद्वारा लिखित पुस्तक ‘अंश’को मंगलबार लोकार्पण गर्दै प्रचण्डले भने, ‘वीरेन्द्रको वंश विनाशपछि वार्ताको कडी टुट्यो, एउटा असली राजा र नाटकीय रूपमा आएका राजाले सोच्ने तरिका फरक हुँदोरहेछ । एउटा विद्रोही नेताको नाताले मैले त्यस्तै अनुभूति गरेँ ।’
प्रचण्डले राजकुमार दिक्पालको कथाको प्रसंग सुनाउँदै सक्कली र नक्कली राजाले सोच्ने तरिकामा फरक हुने विचार व्यक्त गरे । नक्कली राजा (ज्ञानेन्द्र शाह) ले परिस्थिति आफ्नो हातमा राख्न नसक्दा यस्तो अवस्था आएको उनको भनाइ छ । आजको नयाँ पत्रिकामा खबर छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहले आफूलाई आएको मौका समाउन नसक्दा दिल्लीमा १२ बुुँदे समझदारी भएको खुलासा गरेका छन् । ‘१२ बुँदे समझदारी यता वा उताबाट भए पनि हुनैपर्ने थियो । त्यो जरुरी भइसकेको पनि थियो,’ प्रचण्डले भने, ‘ज्ञानेन्द्रले सकेनन् । राजाको हातमा आएको मौकासमेत उनले समाउन सकेनन् र १२ बुँदे समझदारी दिल्लीमा बन्न पुग्यो ।’
जनयुद्ध सुरुवात गर्दा र शान्तिप्रक्रियामा आउने वातावरण राष्ट्रिय
अवस्थाले मात्र नभई अन्तर्राष्ट्रिय परिस्थितिले पनि निर्माण गरेको प्रचण्डले बताए । ‘युद्ध गर्ने र शान्तिप्रक्रियामा आउने वातावरण विल्कुल मनोगत रोमान्सका आधारमा मात्र भएको थिएन,’ उनले भने, ‘नेपाली समाजको विकास प्रक्रियाको आवश्यकता र अन्तर्राष्ट्रिय परिस्थिति सबैको वस्तुवादी विश्लेषणका आधारमा भएका थिए ।’
१२ बुँदे समझदारीको वातावरण रोल्पामै
७ मंसिर ०६२ मा दिल्लीमा तत्कालीन सात राजनीतिक दल र विद्रोही माओवादीबीचमा १२ बुँदे समझदारी भएको थियो । दिल्लीमा भएको उक्त सम्झौताको स्वदेशभित्र सम्झौता नगरी बाह्य मुलुकमा गरेको भन्दै वेलाबखत आलोचना हुँदै आएको छ । तर, प्रचण्डले १२ बुँदे समझदारी दिल्लीमा भए पनि त्यसको वातावरण भने रोल्पाको लोसेवाङ बैठकमै भएको दाबी गरे ।
‘रोल्पाको लोसेवाङमा दुई दिन वार्ता गरेपछि १२ बुँदे समझदारी गर्ने रोल त्यसले निर्माण गरेको हो,’ प्रचण्डले भने, ‘कसैले माने वा नमाने पनि यो एउटा हिस्टोरिकल फेनामेना हो, यसैका कारण गणतन्त्र, धर्मरिनपेक्षता, संघीयता, समानुपातिक समावेशिताजस्ता मुद्दा नेपालमा सम्भव भएको छ । यो सामान्य परिघटना होइन, आलोचना गर्नेलाई वस्तुवादी भएर हिस्टोरिकल पर्सपेक्टिभमा रहेर गरियोस् ।’
दलहरूले आँट नगरेपछि राजासँगै संवाद
शान्तिप्रक्रियाको सुरुवात गर्ने र संविधानसभाको निर्वाचन गर्ने विषयमा सिलगुढी बैठकमा अरू दलका नेताहरूलाई प्रस्ताव गरे पनि उनीहरूले आँट नगरेपछि राजासँगै संवादको प्रक्रिया सुरु गरेको प्रचण्डले खुलासा गरे । ‘सिलगुढी वार्ताको प्रस्तावमा राजालाई मनाउन नसकेर दलहरू सक्षम नदेखिएपछि आफूहरूले भरिया होइन, सीधै मालिकसँग वार्ता गर्ने प्रस्ताव राखेका थियौँ, त्यो निकै चर्चामा पनि रह्यो,’ प्रचण्डको भनाइ थियो, ‘राजालाई मनाउन दलहरू सक्षम नदेखिएपछि हामीले सीधै मालिकसँग वार्ता गर्ने प्रस्ताव राखेका थियौँ ।’
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












