अपडेटः नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरोः एक असईसहित २ जनाको शव भेटियो
चितवन, ९ असार । चितवनको डेढकिलोमा खसेको पहिरोल प्रहरी भ्यान खोलामा खस्दा दुई प्रहरीको ज्यान गएको छ । नारायणगढ–मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका वडा नम्बर ६ डेढकिलोमा गएराति खसेको पहिरोले प्रहरीको भ्यान खोलामा खस्दा दुई प्रहरीको ज्यान गएको हो ।
ज्यान गुमाउनेहरुमा इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी सहायक निरीक्षक निश्चल तामाङ, प्रहरी जवान दीपक कुमार मास्के रहेका छन् । प्रहरी भ्यानमा सवार प्रहरी जवान सन्दीप कार्की र लीलबहादुर चेपाङ भने अझै बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।
पहिरोले एउटा ट्रक पनि बगाएको छ । ट्रकका सहयोगी चालकलाई उद्धार गरिएको छ । उनी सकुशल छन् । पहिरोले प्रहरीको ना १ झ १३९० नम्बरको भ्यान र ना ५ ख ७८२७ नम्बरको ट्रक बगाएको थापाले जानकारी दिए । पहिरोसँगै खोलामा खसेको प्रहरी भ्यान देखिएको छैन् । भने त्रिशूली नदीमा ट्रकको केही भाग देखिएको छ । रातिदेखि नै पहिरो पन्छाउने क्रम जारी रहेको छ ।
कालीखोलाको मुखमा राति ९ बजेर ४० मिनेट जाँदा पहिरो खसेपछि प्रहरी पहिरो पन्छाउन पुगेका थिए । फर्कने क्रममा मुग्लिनबाट २ दशमलव ५ किमी नारायणगढतर्फ कालीखोला नपुग्दै एकाएक पहिरो खसेर गाडी पुरिएको प्रहरीले जनाएको छ । जसले गर्दा खोजी गर्न कठिनाई भएको प्रहरीले जनाएको छ । अहिले सडक खण्डमा सयौं गाडीहरु अलपत्र परेका छन् ।
Comments
अरु समाचार
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
स्वास्थ्य मन्त्रालय बेथितीको अखडा !
काठमाडौं। कर्मचारीको बढुवा जस्तो संवेदनशील विषयमा पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै गम्भीरता देखाउँदैन। लोकसेवा आयोगको माननीय सदस्य अध्यक्ष...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
देउवा र कोइराला पक्ष कांग्रेसको विराटगरमा आज संगुक्त भेला
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहको कोशी प्रदेशस्तरीय संयुक्त भेला आज विराटनगरमा...












