पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड ११ घण्टापछि खुल्यो
चितवन, ११ असार । शनिबार रातिदेखि अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडकखण्ड खुलेको छ । सिमलटार, कालीखोला र चार किलोमा पहिरो जाँदा बाटो अवरुद्ध भएको थियो । यसअघि पहिरो पन्छाउन समय लाग्ने बताइएपनि झरी नपरेकाले छिटो भएको प्रहरीले जनाएको छ । शनिबार राति ९ बजेदेखि बाटो अवरुद्ध हुँदा यात्रुले सडक छेउछाउ र गाडी भित्र रात बिताए थिए ।
गएको शुक्रबार कालीखोलामा आएको पहिरोले प्रहरीको भ्यान बगाउँदा दुई प्रहरीको ज्यान गएको थियो । हराइरहेका दुई प्रहरीको अझै अवस्था पत्ता लागेको छैन । सामान्य झरी पर्दा पनि पहिरो खसेर बाटो अवरुद्ध हुन थाले पछि यो बाटो ओहारदोहोर गर्ने यात्रुहरु त्रसित बनेका छन् । आयोजनाले जोखिम बढेकाले वैकल्पिम मार्ग प्रयोग गर्न आग्रह गर्दै आएको छ ।
यसैबिच यो सडकखण्डमा आइतबार दिउँसो पनि गाडी चलाउन दिइने भएको छ । सडक विस्तारका लागि दिउँसो १० बजेदेखि ४ बजसम्म बाटो बन्द गरिने गरेकोमा रातिदेखिका गाडी रोकिदा लामो जाम भएकाले त्यसलाई खुलाउन दिउँसोमा पनि गाडी चलाउन दिइने चितवनका ट्राफिक प्रहरी प्रमुख सन्तोष पन्तले जानकारी दिनुभयो ।
वर्षा लागेसँगै मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरोको जोखिम बढेपछि त्यसको समाधानका लागि आइतबार बैठक पनि बस्दै छ । सुरक्षित यात्रा कसरी गराउने भन्ने बारे छलफल गर्न प्रमुख जिल्ला अधिकारी, ट्राफिक प्रहरी, सडक आयोजनाका पदाधिकारी र यातायात व्यवसायी बैठकमा बस्ने छन् ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












