नारायणगढ–मुग्लिन सडक यात्रा जोखिमपूर्णः एक वर्षमा ४६ को मृत्यु, त्रिशूलीमा खसेर १९ बेपत्ता
चितवन, ११ असार । नारायणगढ–मुग्लिन सडक खण्डमा एक वर्षमा सवारी दुर्घटनामा ४६ जनाको ज्यान गएको छ । चालु आर्थिक वर्षमा भएका ३४ वटा सवारी दुर्घटनामा परी ९३ जना घाइते भएका छन् । एक वर्षको अवधिमा दुर्घटना हुँदा त्रिशूली नदीमा खसेर १९ जना बेपत्ता भएका छन् । उनीहरु अहिलेसम्म पनि फेला परेका छैनन् ।
पहिरोको जोखिम, साँघुरो सडक र ओभरटेकले गर्दा नारायणगढ-मुग्लिन सडक खण्डमा सवारी दुर्घटना बढिरहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख सन्तोष पन्तले जानकारी दिए । दुर्घटना रोकथामका लागि सरोकारवालासित छलफल थालेको उनको भनाई छ । नारायणगढ-मुग्लिन सडकको अवस्था, पहिरो र चालकको लापरबाहीले दुर्घटना बढेको छ’ उनले भने, ‘यसको रोकथामका लागि परेका छौं ।’
ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा यो खण्डमा ३४ वटा सवारी दुर्घटना भएका छन् । जसमा ४६ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा त्रिशूलीमा खसेर १९ जना बेपत्ता भएका छन् । ९३ जना घाइते भए । यो खण्डको ३६ किलोमिटर र पृथ्वी राजमार्गको मुग्लिनदेखि मौवा खोलासम्म २० गरी ५६ किलोमिटरको सडक त्रिशूली नदीको किनार पर्छ ।
नारायणगढ मुग्लिन सडक खण्डको कालीखोलामा बिहीबार राति खसेको पहिरो पन्छाएर फर्किने क्रममा प्रहरी सवार गाडी कालीखोला नजिकै त्रिशूलीमा खस्दा बेपत्ता दुई प्रहरी जवान अझै फेला परेको छैन । इलाका प्रहरी कार्यालय मुग्लिनतर्फ जाँदै गरेको बा १ झ १३९० नम्बरको गाडी पहिरोसँगै २ सय मिटर तल त्रिशूली नदीमा खस्दा प्रहरी सहायक निरीक्षकसहित २ प्रहरीको मृत्यु भएको थियो ।
त्रिशूलीमा खसेको प्रहरीको जिप अहिलेसम्म देखिएको छैन । त्रिशूलीमा बेपत्ता भएका प्रहरी जवानहरु तनहुँका सन्दीप कार्की र गोरखा मकैसिंहका लीलबहादुर चेपाङ अझै फेला परेको छैन । उनीहरुको निरन्तर खोजी गरे पनि फेला नपरेको जिल्ला प्रहरी प्रमुख एसपी दीपक थापाले बताए ।
उक्त सडक खण्डमा दुर्घटनामा परेका अधिकांश सवारी त्रिशूलीमा खस्ने र चालक र यात्रुको मृत्यु, बेपत्ता हुने गरेको छ । राजधानीलाई जोड्ने सडकको स्तरोन्नतिको काम सुरु भएदेखि नै यो क्षेत्रमा पहिरोको जोखिम बढेको हो । पानी पर्ना साथ ठाउँठाउँ पहिरो खस्न थालेपछि यात्रा जोखिम बन्दै गएको छ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












