जर्मनीद्धारा क्यामरुन ३–१ ले पराजित, फिफा कनफेडेरेशन कपको सेमिफाइनलमा प्रवेश
काठमाडौं, १२ असार । जर्मनी फिफा कनफेडेरेशन कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । रुसमा भइरहेको प्रतियोगिता अन्तर्गत आइतबार राति भएको समूह ‘बी’ को आफ्नो अन्तिम खेलमा जित निकाल्दै विश्व विजेता जर्मनीले समूह विजेताको रुपमा अन्तिम चारमा प्रवेश गरेको हो ।
जर्मनीले क्यामरुनलाई ३–१ ले हराएको हो । जर्मनीको जितमा टिमो वेर्नेरले दुई तथा केरेम डेमिरबेले एक गोल गरे । क्यामरुनका लागि विन्सेन्ट अबुबाकरले एक गोल फर्काए । पहिलो हाफमा गोल गर्न नसकेको जर्मनीका लागि ४८ औं मिनेटमा डेमिरबेले पहिलो गोल गरे । ६६ औं मिनेटमा वेर्नेरले गोल गर्दै जर्मनीको अग्रता दोब्बर पारे ।
७८ औं मिनेटमा अबुबाकरले क्यामरुनका लागि एक गोल फर्काए । तर त्यसको तीन मिनेटपछि वेर्नेरले व्यक्तिगत दोस्रो गोल गरेपछि जर्मनी ३–१ ले विजयी भयो । जितपछि तीन खेलबाट सात अंक जोडेको जर्मनी समूह विजेता बन्दै सेमिफाइनलमा पुग्न सफल भयो ।
तीन खेलबाट एक अंक मात्रै जोडेको क्यामरुन भने प्रतियोगिताबाट बाहिरिएको छ । जर्मनीले फाइनल प्रवेशका लागि समूह ‘ए’ को उपविजेताको रुपमा अन्तिम चारमा आएको मेक्सिकोसँग प्रतिस्पर्धा गर्ने छ । यी दुवै बिचको खेल बिहीबार सोचीमा हुनेछ ।
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...












