प्रदेश संख्यामा दलहरुबीच पुनः छलफल
प्रमुख चार दलबीच १६ बुँदे सहमति हुँदा त्यसमा आठ प्रदेशको व्यवस्था थियो। त्यसै अनुसार संविधानको प्रारम्भिक मस्यौदा पनि तयार गरियो। मस्यौदालाई जनतामाझ सुझावका लागि लगिसकेपछि त्यसलाई समेट्ने गरी संवाद समितिले बनाएको प्रतिवेदनमा भने प्रदेशको संख्या दुई घटाएर ६ प्रदेशमा सहमति भयो। के संविधानको अन्तिम मस्यौदा तयार पार्दासम्म पुनः प्रदेशको संख्या घटबढ हुन संभव छ?सिंहदरबारमा बाबुराम भट्टराईको भाषामा ‘सबै विषयमा एकमुष्ट सहमति जुटाउन’ बसिरहेको शीर्ष नेतासहितको विशेष समितिको बैठकमा सहभागी नेताहरुका अनुसार प्रदेशको संख्या पनि छलफलको विषय बनेको छ।यद्यपि नेपाली कांग्रेसका उपसभापति भने त्यसलाई अस्वीकार गर्छन्। उनले आज बैठकबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीहरुलाई भने, ‘सीमाङ्कनको पुनरावलोकन गर्दैछौँ। तर ६ प्रदेशबाट तलमाथि हुँदैन।’
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भनाई भने फरक थियो। उनले भने, ‘अहिलेसम्म ६ प्रदेशबाट दायाँबायाँ कुरा भएको छैन। तर अन्तिममा आउँदा थोरै फेरबदल हुनसक्छ।’ प्रदेशको संख्याको विषय पनि शीर्ष नेताहरुको छलफलमा उठेको पुष्टि गरिन् एमाले नेतृ विद्या भण्डारीले। उनी भन्छिन्, ‘राजधानीलाई एउटा छुट्टै प्रदेश बनाएर जाने कि भन्ने विषयमा छलफल भएको छ।’
हाल राजधानीलाई प्रदेश ३ मा चितवनदेखि रसुवा, दोलखासम्मका जिल्ला जोडेर राखिएको छ।
उता, कर्णालीका बासिन्दाले पनि छुट्टै प्रदेशको माग गरी आन्दोलन गरिरहेका छन्। मध्यपश्चिमाञ्चल विकास क्षेत्रका विभिन्न जिल्ला, कर्णाली र थरुहटमा आन्दोलन चर्किरहेका बेला ती क्षेत्रका सभासदले मध्य र सुदूर पश्चिमाञ्चल विकास क्षेत्रका २४ जिल्ला मिलाएर एउटै प्रदेश बनाउने र त्यस प्रदेशमा थारु बहुल क्षेत्र र कर्णालीलाई विशेष संरक्षण क्षेत्र तोक्ने प्रस्ताव पनि गरेका छन्।
प्रदेश र सीमाङ्कनको विषयमा फरक मत राखेका फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदारले पनि ८ प्रदेश सबभन्दा उपयुक्त भएकोमा अझै आफू अडिग रहेको बताए। उनले भने, ‘छ प्रदेश मसँग सल्लाह भएर गरेको होइन।’
‘कतिपयलाई थोरै प्रदेश संख्या भए राम्रो चल्ला भन्ने लागेको थियो होला, सीमाङ्कनपछि यो विषयमा प्रष्ट भएको छ,’ उनले भने, ‘मैले बैठकमा कुरा राखेको छु, ८ प्रदेश बढी भयो भनेर तपाईँहरुले ६ राख्नुभयो। तर ६ किन त ? बरु (पाँच विकास क्षेत्र अनुसार) ५ नै गरे हुने नि।’ नेताहरुको बोलीले प्रदेशको संख्या फेरि एक पटक छलफलमा उठेको प्रष्ट बुझिन्छ।
Comments
अरु समाचार
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...












