के तपाई सवारीलाई जथाभावी दायाँतर्फ मोड्दै हुनुहुन्छ ? सावधान कारबाहीमा पर्नुहोला !
काठमाडौं, १९ असार । अब काठमाडौं उपत्यकाका विभिन्न स्थानमा दाँया मोड्न नपाईने भएको छ । सवारी व्यवस्थापन तथा बढ्दो सवारी दुर्घटना न्यूनिकरण गर्न यस्तो व्यवस्था गरिएको ट्राफिक प्रहरीले जनाएको छ । दायाँ मोड्न नपाइने व्यवस्था पहिलेदेखि नै लागू गरिएको भएपनि कडाई गरिएको थिएन् । अब ट्राफिक प्रहरीले यो ब्यवस्थामा पनि कडाइका साथ लागू गराउने भएको हो ।
अब लेन अनुशासनलाई थप कडाइ गर्न सवारीलाई जथाभावी दायाँतर्फ मोड्न बन्द गर्ने निर्णय भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआईजी मिङ्मार लामाले जानकारी दिए । अहिले सवारी गइरहेको साइडभन्दा पारिपट्टीको बाटो प्रयोग गर्न विपरीत लेन हुँदै सवारी क्रस गरेर जाने प्रचलन छ । सवारी फर्काउन पनि विपरित लेनमा जथाभावी दायाँ मोड्ने गरिएको छ ।
तर, अब नयाँ नियम लागू गरेर यसमा कडाइका साथ रोक लगाइनेछ । सवारीहरुले ट्राफिक आइल्याण्डबाट मात्रै राइटसाइड मोड्न सक्नेछन् । जथाभावी दायाँ मोड्न दिँदा सवारी जाम बढेको र ट्राफिकलाई पनि हैरानी भएको ट्राफिक प्रहरीको दाबी छ । ट्राफिकले त्रिपुरेश्वर-कालिमाटी सडकको कनक पेट्रोल पम्प र नयाँ बाटोमा दायाँ मोड्न निषेध गरेको छ भने माइतिघर-कृष्णपाउरोटी सडकको कुमारी मोड र शंकरदेव मोडमा दाया मोड्न पाइने छैन ।
नयाँबानेश्वरतिर जाँदा पुरानोबानेश्वर सडकबाट भिमसेनगोला जान निषेध गरिएको छ भने कान्तिपथको ज्याथा गल्ली, हनुमानस्थान, इनारमोड, कानदेवतास्थान, बखुन्डोल, दमकल मोडमा दायाँ मोड्न नपाइने भएको छ । छातेगणेश, न्यूरोड पिपलबोट, अमृत साइन्स क्याम्पस, सोह्रखुट्टे ओरालो, बाँसघारी, कुमारी मन्दिर र ज्ञानेश्वर ओरालोमा दायाँतर्फ मोड्न नपाइने भएको छ । एयरपोर्टबाट आएको सवारी सिनामंगलमा राउण्ड लिनेछन् ।
त्यसैगरी काठमाडौं उपत्यकामा थप ‘वान-वे’ तय गरिएको छ । सडकमा एकतर्फमात्रै जान पाइने गरी थप ‘वान-वे’ तय भएको हो । अब राष्ट्रपति कार्यालय पर्खाल भएर हेवी सवारी भित्र जान पाउने छैनन् । मैतीदेवी चोकबाट मन्दिरतर्फ जान निषेध गरिएको छ भने स्वयम्भू चोकबाट आनन्दकुटी, भगवानपाउ किमाडोल हुँदै जान पाइने गरी स्वयम्भू चोकबाट किमाडोल भएर छाउनीतर्फ आउन नपाइने ब्यवस्था गरिएको छ ।
खिचापोखरीबाट एभरेष्ट बैंकतर्फ जान पाइने छैन भने सातदोबाटोबाट चापागाउँ मोडतिर जान पनि निषेध गरिएको छ । बाटुलेघर हुँदै चारखालतर्फ जान पाइने छैन । त्यस्तै कृष्णपाउरोटी चोकबाट बैंक अफ काठमाण्डुपट्टी जान गल्लीको बाटो खुलाइएको छ । ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनिकरण गर्न भन्दै जथाभावी बाटो काट्ने यात्रुलाई समेत कारवाही तथा ट्राफिक जनचेतना दिँदै आएको छ ।
काठमाडौंमा हर्न बजाउन निषेध गराएको छ । हर्न बजाउन निषेध अभियान सफल भएपछि ट्राफिक प्रहरीले जथाभावी बाटो काट्ने यात्रुलाई समेत कारवाही थालेको थियो । उक्त अभियानले समेत सफलता पाएपछि ट्राफिक प्रहरीले अन्य व्यवस्थाहरुलाई कडाई गर्दै आएको छ ।
Comments
अरु समाचार
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
स्वास्थ्य मन्त्रालय बेथितीको अखडा !
काठमाडौं। कर्मचारीको बढुवा जस्तो संवेदनशील विषयमा पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै गम्भीरता देखाउँदैन। लोकसेवा आयोगको माननीय सदस्य अध्यक्ष...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
देउवा र कोइराला पक्ष कांग्रेसको विराटगरमा आज संगुक्त भेला
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहको कोशी प्रदेशस्तरीय संयुक्त भेला आज विराटनगरमा...












