त्रिशूली जलविद्युतको फ्युज शाखामा आगलागी हुँदा करिब एक करोड बराबरको क्षति
नुवाकोट, २९ भदौ । नेपाल विद्युत् प्राधिकरण, त्रिशूली जलविद्युत् उत्पादन गृहस्थित त्रिशूली फ्युज सेवा (नो लाइट) मा आगलागी हुँदा केन्द्रबाट प्रवाह हुने विद्युत् सेवा अवरुद्ध भएको छ । बुधबार राति १० बजे त्रिशूलीस्थित फ्युज सेवामा विद्युत् वितरण गर्न जडान गरिएको ‘इनकमर’ र वितरणको सातवटा फिडर रहेको फ्युज शाखामा अकस्मात् आगलागी हुँदा विद्युत् वितरण सेवा अवरुद्ध भएको हो ।
विद्युत् वितरण गर्न जडित ‘इनकमर’ र फिडरमा आगो उत्पन्न भएलगत्तै विद्युत्गृहका कर्मचारी, विद्युत् गृह सुरक्षार्थ रहेको श्रीनाथ गण, देवीघाटको नेपाली सेना, नुवाकोट प्रहरी, विदुर नगरपालिकाको दमकल र स्थानीयवासीले करिब आधा घण्टामा नै नियन्त्रणमा लिएको विद्युत् उत्पादन गृह भने सुरक्षित रहेको छ । फ्युज शाखामा आगलागी भएपनि केन्द्रको उत्पादन जारी रहेको केन्द्रका प्रमुख अशोककुमार पण्डितले जानकारी दिए ।
आगलागीले पुर्याएको क्षतिको लगत संकलन भइरहेकाले यकिन तथ्यांक आउन बाँकी रहेको केन्द्र प्रमुख पण्डितले जानकारी दिए । ‘प्रारम्भिक अध्ययन अनुसार इनकमर पूर्णरुपमा जलेर क्षति पुगेको छ’, उनले भने, ‘सातमध्ये केही फिडरमा क्षति देखिएकाले त्यसको परीक्षणपछि मर्मतमा जुट्नेछौं ।’
आगलागीबाट पुगेको क्षतिको आज बिहानैदेखि नै मूल्यांकन भइरहेकाले लगतपश्चात् मर्मतको काम शुरु गरिने केन्द्रले तयारी गरेको छ । आगलागीले पूर्णक्षति बनाएको विद्युत् प्रवाह गर्ने इनकमरको रु १५ लाख र वितरण फिडरको रु १० लाख पर्ने भएकाले करिब रु एक करोडको क्षति भएको अनुमान गरिएको फ्युज शाखाका इञ्जिनियर रामबाबुकुमार दासले जानकारी दिए ।
दासका अनुसार मर्मतका लागि जिल्लामा प्राविधिक भए पनि उपकरण नै परिवर्तन गर्नुपर्ने देखिएकाले विद्युत् सेवा नियमित हुन कम्तीमा दुई दिन लाग्ने देखिएको छ । आगलागीले विद्युत् प्रशारणको इनकमर र वितरण फिडरमा क्षति पुर्याएकाले त्रिशूली जलविद्युत् केन्द्रमार्फत वितरण हुँदै आएको नुवाकोट, रसुवा र धादिङमा विद्युत्सेवा अवरुद्ध भएको छ ।
केन्द्रमार्फत वितरण भएको नुवाकोटको सदरमुकाम विदुरसहित आसपासको क्षेत्र, लिखु गाउँपालिका, सूर्यगढी गापा, किस्पाङ गापा, मेघाङ गापा, रसुवाको कालिका गापा, उत्तरगया गापा, नौकुण्ड गापा र धादिङको नेत्रावती गापालगायतका स्थानमा विद्युत्सेवा अबरुद्ध भएको छ । रासस
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...












