देउवा सरकारमा शिक्षामन्त्री गोपालमान श्रेष्ठ अर्बपति, अरु को कति धनी ?
काठमाडौं, ५ असोज । एकतिहाइ नेपालीलाई बिहान-बेलुकी छाकटार्न मुस्किल परिरहेको मुलुकका प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण करोड रुपैयाँभन्दा बढी रहेको पाइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंगलबार सार्वजनिक गरेको सम्पत्ति विवरणमा प्रधानमन्त्री शेरबहादुर देउवाको १० थान असर्फी, चार तोलाका दुईवटा सुनका सिक्री, पाँच तोलाको ब्रासलेट, चार तोलाको हीरा, पन्न रुवी र मुगाजडित औंठी रहेको छ। प्रधानमन्त्री देउवाको नाममा एभरेस्ट बैंकमा जम्मा १६ लाख ५० हजार नगद छ। उनको नाममा सेयर र सवारीसाधन देखाइएको छैन।
देउवाले बूढानीलकण्ठस्थित घर र जग्गाको विवरण भने लुकाएका छन्। भ्रष्टाचार निवारण ऐन २०५९ मा प्रधानमन्त्री तथा मन्त्रीहरूले आफू र आफ्नो परिवारको नाममा रहेको सम्पत्ति विवरण तोकिएको निकायमा बुझाएर सार्वजनिक गर्नुपर्ने प्रावधान छ। प्रधानमन्त्री देउवाले पेस गरेको सम्पत्ति विवरणमा देउवाका पिता प्रसादसिंह देउवाको नाममा डडेलधुराको असीग्रामलगायत विभिन्न स्थानमा ५६ रोपनी १७ आना र कञ्चनपुरको कृष्णपुरमा सगोलमा १० बिघा जग्गा रहेको छ।
सरकार परिवर्तन हुँदा प्रायः मन्त्री हुन नछुट्ने गच्छदारको सुनसरी दुहवी नपामा २-७ वर्गमिटरमा रहेको २ कोठाको टिनको छाना भएको पक्की घर, श्रीमती निर्मलाको नाममा विराटनगर महानगरपालिका-१५ मा दुईतले पक्की घर छ। त्यसैगरी, ७५ तोला सुनका धनी गच्छदार र उनकी श्रीमतीको नाममा दुहबी, विराटनगर, ललितपुरको बुङमतीलगायत विभिन्न स्थानमा जग्गा-जमिन रहेको विवरणमा उल्लेख छ।
सम्पत्ति विवरण सार्वजनिक गरिएका मन्त्रीमध्ये सबैभन्दा धनी मन्त्रीका रुपमा उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ देखिएका छन्। उनको सम्पत्ति हेर्दा उनी अर्बपति मन्त्रीका रूपमा देखिएका छन्। उनको स्याङ्जा, पोखरा, रुपन्देही, काठमाडांैको कुलेश्वर र ललितपुरमा गरी सातवटा पक्की घर रहेको छ। उनको विभिन्न नाममा करोडौं मूल्यका जग्गा छन्। मन्त्री श्रेष्ठ र उनको परिवारका सदस्यको नाममा चार वटा गाडी रहेका छन्। गच्छदारसँग एक थान राइफल र १ थान बाह्रवोरको बन्दुक रहेको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छापिएको छ ।
यस्तै, अन्य केही मन्त्री पनि करोडपति देखिएका छन्। सम्पत्ति विवरण हेर्दा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहित, कृषि विकासमन्त्री रामकृष्ण यादव, भौतिक योजनामन्त्री वीरबहादुर बलायर, युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसी, कानुनमन्त्री यज्ञबहादुर थापा, वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्मा, श्रम तथा रोजगारमन्त्री फरमुल्ला मन्सुरसँग करोडौं सम्पत्ति छ।
अधिकांश मन्त्री सुनको पारखी देखिएका छन्। उनीहरूले आफूसँग रहेको सुन विवाहमा दाइजो आएको र श्रीमतीको पेवाका रूपमा रहेको उल्लेख गरेका छन्। उपप्रधानमन्त्री गच्छदारसँग ७५ तोला सुन र २७५ तोला चाँदी छ। अर्थमन्त्री कार्कीसँग सुन ३० तोला, चाँदी २५० तोला र हीरासेट २ वटा छ। यसैगरी, कृषिमन्त्री रामकृष्ण यादवसँग सुन ५० तोला, चाँदी ५ केजी छ।
त्यस्तै, उपप्रधानमन्त्री तथा शिक्षामन्त्री श्रेष्ठको पनि ५० तोला सुन र ११० तोला चाँदी छ। वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माको पनि २९ तोला सुन र ५५ तोला चाँदी छ। गृहमन्त्री प्रभाकरको सुन ५ तोला, चाँदी २० तोला छ भने युवा तथा खेलकुदमन्त्री केसीको ६५ तोला सुन र ३ सेट हीरा तथा १५० तोला चाँदी छ।
महिला बालबालिका तथा समाजकल्याणमन्त्री आशा कोइराला र गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्का पनि करोडपति देखिएका छन्। सम्पत्ति विवरण सार्वजनिक गरिएकामा २१ जना मन्त्री र पाँच राज्यमन्त्री छन्। सरकारका मुख्यसचिव राजेन्द्र किशोर क्षेत्रीले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीलगायत सम्पूर्ण मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको जानकारी दिए।
मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने क्रम सुरु गरिएको मुख्यसचिव क्षेत्रीले बताए। सामान्यतय प्रधानमन्त्री र मन्त्रीहरूले पदमा पुगेको १५ दिनभित्रै सम्पत्ति विवरण सार्वजनिक गर्ने परम्परा थियो। कानुनमा मन्त्रीहरूले ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने प्रावधान छ। तर, प्रधानमन्त्रीलगायत २४ जना मन्त्रीले पदीय जिम्मेवारी सम्हालेको एक सय ४ दिनपछि मात्रै सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्।
अन्नपूर्ण पोस्ट्ले प्रधानमन्त्री र मन्त्रीहरूले सम्पत्ति विवरण लुकाउने प्रयास गरेको भन्दै समाचार सम्प्रेषण गरेको थियो। अझै ३२ मन्त्रीले सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन्। ५६ सदस्यीय मन्त्रिमण्डलमा मन्त्री दीपक बोहरा, सुनीलबहादुर थापा, विक्रम पाण्डे, मोहनबहादुर बस्नेत, महेन्द्र यादव, अम्बिका बस्नेत, भीमसेनदास प्रधान र सञ्जयकुमार गौतमको भने सम्पत्ति विवरण सार्वजनिक हुन सकेको छैन।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...












